२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रूपन्देहीमा तस्करी राेकिएकै हाे र ?

रूपन्देहीमा तस्करी राेकिएकै हाे र ?

रूपन्देहीमा तस्करी राेकिएकै हाे र ?

रूपन्देहीमा तस्करी राेकिएकै हाे र ?

रूपन्देहीमा तस्करी राेकिएकै हाे र ?
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • भैरहवा ।  केही समय रोकिएको रुपन्देहीको तस्करी पुनः सल्बलाइरहेको छ । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी को संयुक्त प्रयासले सिमा क्षेत्रमा सक्रियता बढेसँगै तस्करी न्यून भएकोमा पछिल्लो एक सातादेखि तस्करहरुले फेरि सक्रियता बढाएका छन ।

    रुपन्देहीको अन्य नाकाहरुमा फाटफुट रुपमा तस्करी भइरहेकोमा प्रहरीले दैनिक नियन्त्रणमा लिइरहदा रुपन्देहीको त्रिलोकपुर, बोगडी, करौता क्षेत्रबाट अहिले तस्करहरु सक्रिय भएका छन । रातीमा मात्र होइन मौका पाउदा दिउसै नै सामानहरु अवैध तरिकाले ओहोरदोहोर गरिरहेका छन । 

    शनिबार विहान ९ बजेको समयमा भारतको सिमा क्षेत्र नौतनवामा एसएसवी, प्रशासन र क्स्टमको संयुक्त टोलीले ७० बोरा मकै बरामद गरेको छ । नेपालबाट गएको सो सामान विशेष सूचनाको आधारमा संयुक्त टोलीले बरामद गरेको हो ।  भैरहवाको गल्लामण्डी र उद्योगपुरी क्षेत्रबाट उक्त सामान सिमापरि गएको हो । सामान कस्काे भन्नेबारे खुलेकाे छैन, अनुसन्धान हुदैछ । बरामदी सामानले सबै तस्करहरूमा खैलाबैला मच्चिएकाे छ ।

    मोटसाइकल, साइकलमा सिमित भएको तस्करी अहिले गाडीको प्रयोग हुन थालेको पाइएको छ । सिमा क्षेत्रमा बरामद सामान पनि गाडीमा गएको देखिन्छ । 

    पछिल्लो समय ठूलो मात्रामा नभई स साना मात्रामा आफ्नै जोखिममा सामान ओहोर दोहोर भइरहेको छन । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले दिनानुदिन अवैध सामान बरामद गरिरहेको छ । सिमामा कडाईसँगै केही तस्करहरु भने यहाँबाट पलायन भएका छन भने केहीले अन्य पेशा अगालेका छन । एक वर्षको अवधिमा रुपन्देही प्रहरी र सशस्त्र प्रहरीले २५ करोड बढिको अवैध सामान बरामद गरेका छन । चोरि तस्करी नियन्त्रणका लागि सुरक्षा प्रमुखहरुले पनि फेरबदल गरि सादा पोशाकका प्रहरीहरु पनि परिचालन गरेपछि तस्करीमा न्यूनिकरण भएको थियो । 

    किसानको मर्म बुझदै मलखादमा प्रहरीले केही व्यवहारिकता देखाएपनि तस्करहरुले मौकाको फाइदा उठाउदै मलको बोरामा चिनी समेत ल्याइरहेका छन । अन्य नाकामा छिटफुट रुपमा जोखिम मोलेर तस्करी भइरहेको छ भने मर्चवारको ३ वटा नाकामा भने रातीको समयमा काम भइरहेको स्रोतले जानकारी दिएको छ । 

    भारतबाट चिनी, कपडा लगायतको सामान आइरहेको छ भने मर्चवारको नाका हुदै नेपालबाट पनि ठूलो मात्रामा तस्करी भइरहेको छ । मुख्यतया नेपालबाट तेस्रो मुलुकबाट आएको मकै, ओखर र किसमिस भारत तर्फ गइरहेका छन ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij