२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विधायन समितिमा ५ वटा विधेयक, नागरिकतापछि निजामतीमा छलफल गर्ने पालो

मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पाँच वटा विधेयक दफावार छलफलमा छ ।

    प्रतिनिधि सभाबाट पारित भएर गएको ‘जलस्रोत विधेयक’माथि छलफल सकाएपछि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक’ माथि दफावार छलफल अगाडि बढाएको छ । आज दिउँसो २ बजे समितिको बैठकमा यो विधेयकमाथि छलफल हुँदैछ ।

    ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल सकिएपछि नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल गर्ने र त्यसपछि संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफल अगाडि बढाउने विधायन समितिको तयारी छ । निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको हो ।

    संघीय निजामती सेवा विधेयकमाथिको छलफल सकिएपछि पर्यटन विधेयकमाथि दफावार छलफल हुनेछ ।

    समितिका सभापति तुलसाकुमारी दाहालकाअनुसार कुन विधेयक अगाडि आयो त्यसअनुसार विधेयकलाई पालैपालो अगाडि बढाउने गरिएको छ । उनी भन्छिन्, ‘विधेयक पालैपालो अगाडि बढाउने हाम्रो अभ्यास छ । यसअनुसार विधायन समितिमा रहेका विधेयकहरू अगाडि बढ्छन् ।’

    विधायन समितिमा चलचित्र विधेयक पनि जाँदैछ । यो विधेयक १४ वैशाख २०८२ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । जसमाथि सभामा सामान्य छलफल भएर रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij