बुटवल । बुटवल ६ मा रहेकाे उर्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा रत्तसञ्चार सेवा केन्द्र बुटवलमा भएकाे कार्यक्रममा सहकारीका सदस्य तथा सर्वसाधारणले रक्तदात गरेकाे कार्यक्रमका संयोजक एवं सहकारीका सचिव शम्भु आचार्यले रक्तदानजस्तो मानवीय कार्यमा सहकार्य गर्ने सबैप्रति आभार व्यक्त गर्दै निरन्तर सामाजिक क्रियाकलापमा संस्था सक्रिय रहने प्रतिबद्धता जनाए।
कार्यक्रमका प्रमुख अतिथी नेपाल स्वयंसेवी रक्तदाता समाज, जिल्ला शाखा रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले नियमित रक्तदानको महत्त्वमा प्रकाश पार्दै सहकारी संस्था जस्ता सामाजिक संघसंस्थाको भूमिका सराहनीय रहेको बताए।

उर्वर सहकारीकी अध्यक्ष मायादेवी थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थापक अध्यक्ष शालिकराम बन्जाडे, पूर्व अध्यक्ष रामप्रसाद आचार्य, उपाध्यक्ष तेजलाल आचार्य लगायतले बाेल्दै संस्थाको योगदान र रक्तदानको आवश्यकताकाे बारेमा बाेलेका थिए ।




