२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विद्यालयको खाजामा कोदोको परिकार अनिवार्य

विद्यालयको खाजामा कोदोको परिकार अनिवार्य

विद्यालयको खाजामा कोदोको परिकार अनिवार्य

विद्यालयको खाजामा कोदोको परिकार अनिवार्य

विद्यालयको खाजामा कोदोको परिकार अनिवार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा
    स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यालय पोषण कार्यक्रममा हप्ताको दुई दिन कोदोबाट बनेको परिकार खुवाउन अनिवार्य गरेको छ । गाउँपालिकाको चमेना गृहमा पनि साताको एक दिन कोदोको परिकार खुवाउनुपर्ने व्यवस्थालाई अनिवार्य गरेको छ ।
    गाउँपालिकाले कोदो उत्पादन, प्रवद्र्धन र उपयोगमा प्राथमिकता दिँदै गाउँपालिकाका विद्यालय, वडा कार्यालय, चमेना गृह, सभा–सेमिनार स्थलहरूमा कोदोबाट बनेका परिकारहरूलाई प्राथमिकता दिई अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । चमेना गृहले भने साताको एक दिन कोदोको परिकार खुवाउनु पर्ने भएको छ ।


    बहुउपयोगी, पोषणयुक्त र स्थानीय खाद्यान्न कोदोको प्रवद्र्धन र संरक्षण गर्नुका साथै स्वस्थ्यकर जीवन जीउने उद्देश्यले कोदोको खाजाको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । विद्यालय पोषण कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै विद्यालयमा हप्तामा दुई दिन कोदोबाट बनेका परिकार (ढिँडो, मःम, तावा रोटी, पुवा, सेलरोटी, कोदोको चिउरा, हलुवा) लगायतका दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।


    आज साउन १६ गते पर्ने राष्ट्रिय कोदो दिवसदेखि निर्णयलाई कार्यान्वयनमा लगिने अध्यक्ष सुवेदीले बताए । सरकारले प्रथम राष्ट्रिय कोदो दिवस आजकै दिन मनाउने निर्णय गरेको छ । गाउँपालिकाले यसअघि नै कक्षा ६ को स्थानीय पाठ्यक्रममा ‘हाम्रो फेदीखोला’अन्तर्गत ‘कोदोः बहुपयोगी खाद्यान्न’ शीर्षकको पाठ २०७७ सालदेखि समावेश गरेको छ । 


    कोदोको प्रवर्धन 
    कोदो उत्पादनमा जोड दिन र प्रवर्धन गर्न पालिकाले आज फेदीखोला गाउँपालिका १, रामकोटमा ‘कोदो रोपाइँ’ आयोजना गरेको छ । रोपाइँमा कोदोबाट निर्मित परिकारको प्रदर्शनी, यसको महत्व र बहुउपयोगकाबारेमा जानकारी दिइने उद्देश्य रहेको उपाध्यक्ष देउकुमारी गुरुङले बताइन् । 


    कोदोमा सबै प्रकारका पौष्टिक तत्व पाइने भएकाले पछिल्लो समय कोदोबाट बनेको परिकार खानेको संख्यामा वृद्धि हुँदै गएको छ । फेदीखोलाले कोदोको प्रवर्धनमात्र नभई स्थानीयपन, स्वास्थ्य र आत्मनिर्भरताको सन्देश दिने प्रयास गरेको उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij