२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुकुमपूर्वको सदरमुकामको विवाद पुनः सर्वोच्चमा पुग्यो

रुकुमपूर्वको सदरमुकामको विवाद पुनः सर्वोच्चमा पुग्यो

रुकुमपूर्वको सदरमुकामको विवाद पुनः सर्वोच्चमा पुग्यो

रुकुमपूर्वको सदरमुकामको विवाद पुनः सर्वोच्चमा पुग्यो

रुकुमपूर्वको सदरमुकामको विवाद पुनः सर्वोच्चमा पुग्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • बुटवल ।रुकुमपूर्वको सदरमुकाम तोक्ने विषयमा फेरि विवाद भएको छ। साउन ७ गते मन्त्रिपरिषद्ले सिस्ने गाउँपालिका–५ र ६ मा पर्ने रुकुमकोटलाई सदरमुकाम घोषणा गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनः रिट परेको हो।

    प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापा, लुम्बिनी प्रदेशसभा सदस्यहरू सुरुल पुनमगर, दिलकुमारी बुढामगर, सरिता पुनमगर, पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगर र भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले संयुक्त रूपमा रिट दर्ता गराएका हुन्।

    सरकारको निर्णयले यसअघि सर्वोच्च अदालतको परमादेशको अवज्ञा भएको दाबी गर्दै उनीहरूले जनभावनालाई बेवास्ता गरिएको रिटमा उल्लेख गरेका छन्।  

    सर्वोच्चले बिहीबार सरकारलाई रुकुमकोटलाई सदरमुकाम तोक्नुको कारण देखाउन माग गर्दै अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चले २०८० भदौ २७ मा दिएको परमादेशमा मापदण्डसहितको अध्ययनका आधारमा मात्र सदरमुकाम तोक्नुपर्ने स्पष्ट निर्देशन दिएको थियो।

    कांग्रेस सभापति शरेबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ मा पुथा उत्तरगंगा–१२ गोल्खाडालाई सदरमुकाम बनाउने निर्णय गरेपछि त्यसको विरोधमा रुकुमकोट पक्षधरहरू सर्वोच्च पुगेका थिए।

    दुई पक्षबीच विवाद हुँदा त्यतिबेला कर्फ्यु लगाउनुपर्ने स्थिति आएको थियो।  सरकारको अघिल्लो निर्णय बदर गर्दै मापदण्ड बनाएर मात्रै सदरमुकाम तोक्न सर्वोच्चले आदेश दिएको थियो। तर अहिलेको निर्णयले फेरि विवाद दोहोरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij