२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भुसालको संस्कृति संस्कार भेष भुसाको जर्गेना र संरक्षणमा टेवा

भुसालको संस्कृति संस्कार भेष भुसाको जर्गेना र संरक्षणमा टेवा

भुसालको संस्कृति संस्कार भेष भुसाको जर्गेना र संरक्षणमा टेवा

भुसालको संस्कृति संस्कार भेष भुसाको जर्गेना र संरक्षणमा टेवा

भुसालको संस्कृति संस्कार भेष भुसाको जर्गेना र संरक्षणमा टेवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १७ २०८२
शनिवार, श्रावण १७ २०८२
  • बुटवल । गुल्मीका विकट क्षेत्रमा रहेको  बाझकटेरी ( मदाने) भुसाल सम्र्पक समाज रुपन्देहीको ११ औं वार्षिक साधारण सभा बुटवलमा विविध कार्यक्रम गरी मनाईएको छ ।  

    समाज स्थापना नभएको भए आफ्ना  गोतिय दाजुभाईहरुको भेटघाट हुनका लागि समस्या हुने गरेको कार्यक्रममा सहभागिहरुले औल्याएका थिए । भुसाल सम्र्पक समाज जस्तै देशैभरी स्थापना भएका यस्तै समाजहरुले गर्दा  सामाजिक कार्यगर्न सहज हुने गरेको धारणा सहभागिहरुले राख्नु भएको थियो ।

    समाजका संस्थापक अध्यक्ष हिमालय प्रसाद भुसालले समाज गठन र समाजले गर्न खोजेका कामका वारेमा प्रकाश पारे ।

    संस्थापक अध्यक्ष भुसालले समाजले भुसालहरुको संस्कृति संस्कार भेष भुसाको जर्गेना गदै  त्यसको संरक्षणका लागि गुल्मीको बाझकटेरीमा जन्म भै तराईका जिल्लामा विभिन्न कारणले बसाई सराई गरेकाहरुका बीच एकता कायम गरी एक आपसमा भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन सहज भएको धारणा राखे ।

    कार्यक्रममा समाजका अध्यक्ष रामचन्द भुसालले  सामाजिक सेवा भावले स्थापना भएको समाजमा आजिवन सदस्यका रुपमा १७२ जनाले सदस्यता लिएको भन्दै समाजले गर्ने हरेक कार्यमा  राजनैतिक, जातीय र भाषिक रुपमा विभेद नहुने गरी विद्यानमा स्पष्ट व्यवस्था गरिएको बताए ।

    अध्यक्ष भुसालले समाजले विगतमा गदै आएका राम्रा कामलाई निरन्त्रता दिदै आएको र जेष्ठ नागरिकलाई सम्मानको कार्यक्रमलाई जारी राखेको पनि बताए ।

    सो अबसरमा कोषाध्यक्ष पुष्कर भुसाल र लेखा समिती संयोजक तुल्सी भुसालले प्रस्तुत गरेकाे प्रतिवेदन पारित गरेको सचिव बावुराम भुसालले बताए ।

    कार्यक्रममा समाजका सललाहकार भक्तिराम भुसाल, पूर्व सचिव केदार भुसाल, प्रेस सल्लाहकार यमलाल भुसाल सैनामैना नगरपालिका वडा नम्बर ११ का  वडा सदस्य अशोक भुसाल सहसचिव सरस्वती भुसाल लगायतले समाजले गरेका सराहनीय कार्यको प्रसम्सा गदै अझै नमूना काम गर्न सुझाव दिए।

    सोही समारोहमा ३ जना ८० वर्ष पुरा हुनु भएका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij