२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अड्गुरी समाज रुपन्देहीद्वारा तीज मिलन कार्यक्रम

अड्गुरी समाज रुपन्देहीद्वारा तीज मिलन कार्यक्रम

अड्गुरी समाज रुपन्देहीद्वारा तीज मिलन कार्यक्रम

अड्गुरी समाज रुपन्देहीद्वारा तीज मिलन कार्यक्रम

अड्गुरी समाज रुपन्देहीद्वारा तीज मिलन कार्यक्रम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • अविजित पन्थी
    अर्घाखाँची 
     ‘आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ’ भन्ने मूल नारासहित अड्गुरी समाज रुपन्देहीको आयोजनामा यस वर्षको तीज मिलन कार्यक्रम भव्यता र उत्साहका साथ सम्पन्न भएको छ । अर्घाखाँची जिल्ला साविक अड्गुरी गा.वि.स.मा जन्म भई हाल रुपन्देही जिल्लामा स्थायी वा अस्थायी रूपमा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका सम्पूर्ण बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई निमन्त्रणा गरिएको सो कार्यक्रममा ४०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।


    कार्यक्रमको उद्घाटन वृद्ध हजुरआमा ८७ वर्षीया नमकला पन्थीलाई दोसल्ला ओढाएर गरिएको थियो भने ९२ वर्षीय जेष्ठ नागरिक नेत्रप्रसाद पन्थीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरूप्रतिको सम्मानले कार्यक्रममा पारिवारिक आत्मियता र मौलिक संस्कृतिप्रतिको सम्मान झल्काएको थियो ।


    कार्यक्रमको औपचारिक सुरुवात महिला उप–समितिकी संयोजक शिवजी अधिकारीको स्वागत मन्तव्य र शुभकामना सन्देशबाट भएको थियो । उनले तीज पर्वले नारी सशक्तिकरण, संस्कृतिको जगेर्ना तथा सामाजिक ऐक्यबद्धतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।


    समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार लुकराज न्यौपानेले मन्तव्य व्यक्त गर्दै अड्गुरी समाज रुपन्देहीले सामाजिक जिम्मेवारी वहन गर्दै निरन्तर समाजका सकारात्मक गतिविधिमा संलग्न रहँदै आएको प्रशंसा गरे ।

     
    कार्यक्रमका प्रमुख अतिथि पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले उपस्थित सबैलाई तथा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनीहरूलाई शुभकामना दिँदै अड्गुरी समाज रुपन्देहीले समाजलाई एकताबद्ध बनाउन गरेको भूमिका निकै सराहनीय रहेको बताए । विशिष्ट अतिथि तथा सल्लाहकार पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने तथा अर्का विशिष्ट अतिथिका रूपमा वडा नं. ७ का वडा अध्यक्ष गुनाखर अधिकारीको पनि उपस्थिति रहेको थियो ।


    कार्यक्रममा समाजका अध्यक्ष रामप्रसाद पन्थीले हरितालिका तीज महिलाहरूको संस्कृति, परम्परा र नारीशक्तिको गहिरो प्रतीकको रूपमा रहेको पर्व हो । यो केवल पूजा, ब्रत वा नाचगान मात्र नभई आत्मीयता, स्नेह र सामाजिक ऐक्यबद्धताको पर्व हो । यस्तो अवसरमा अड्गुरी समाजका सदस्यहरूसंगै भेला भएर संस्कृतिसँगसँगै प्रेम बाँड्नु आफैंमा एक प्रेरणादायी कार्य रहेको उनले बताए । 


    कार्यक्रममा मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति, तीज गीत तथा नृत्यमार्फत् उपस्थित दिदीबहिनीहरूले हर्षोल्लासपूर्वक सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन महासचिव जीवन अधिकारीले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij