२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

निजामती ऐन संशोधन सुझाव कार्यदल गठन

निजामती ऐन संशोधन सुझाव कार्यदल गठन

निजामती ऐन संशोधन सुझाव कार्यदल गठन

निजामती ऐन संशोधन सुझाव कार्यदल गठन

निजामती ऐन संशोधन सुझाव कार्यदल गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • कपिलवस्तु । नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठक कपिलवस्तुको वाणगंगामा सम्पन्न भएको छ । संगठनका अध्यक्ष नेत्र आचार्यको अध्यक्षता तथा केन्द्रयी अध्यक्ष भवानी न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा वोल्ने वक्ताहरूले लुम्बिनी प्रदेशको निजामती सेवा ऐन, नियमावली र स्थानीय सेवा ऐन, नियमावलीमा देखिएका समस्या समाधान गर्नकालागि प्रदेश सरकारसँग आग्रह गर्नुपर्ने, संघीय निजामती सेवा ऐन सेवाग्राहीमैत्री र कर्मचारीमैत्री हुनेगरी जारी गर्न पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए ।


    हालसम्म ऐन, नियमावली निर्माण र त्यसको कार्यान्वयनमा देखाएको भूमिकाप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ ।


    बैठकलाई संगठनका केन्द्रीय उपाध्यक्ष रेवन्त गौतम, कृष्णबहादुर केसी, लुम्बिनी प्रदेश इञ्चार्ज कविसिंह कठायत, उप–महासचिव बामदेव ओली, पेशागत इञ्चार्ज कल्पना थापा, सह–इञ्चार्ज नारायण भण्डारीलगायतले सम्बोधन गरेका थिए ।


    बैठकले लुम्बिनी प्रदेश निजामती सेवा ऐन, नियमावली तथा स्थानीय सेवा ऐन र नियमावली संशोधनसम्बन्धी सुझाव कार्यदल गठन गर्ने, लुम्बिनी प्रदेश संगठन डायरी प्रकाशन गर्ने, जयराम खड्का स्मृति कोष स्थापना गर्नेलगायतका निर्णयहरू गरेको छ ।
    संगठनका प्रदेश सचिव जयराम खड्काको निधन भएको स्मृतिमा स्थापना गर्ने निर्णय गरिएको छ । बैठकमा २५ हजार रुपैयाँको चेक उनकी श्रीमती हिरा खड्कालाई हस्तान्तरण गरिएको थियो । तेस्रो बैठकअघि सचिवालय बैठक समेत बसेको थियो । बैठकको सहजीकरण महासचिव भिमलाल खनालले गरेका थिए ।


    शहीद मनोज झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । कपिलवस्तु वाणगंगा नगरपालिका–४ ठाकुरपुरामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाणगंगा, कपिलवस्तुको प्राविधिक सहयोग रहेको थियो ।


    संगठनका महासचिव भिमलाल खनालका अनुसार संगठनमा आबद्ध १५ जना व्यक्तिले रक्तदान गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij