२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्द्धनबाट रोजगारी सिर्जना सम्भव : मुख्यमन्त्री आचार्य

स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्द्धनबाट रोजगारी सिर्जना सम्भव : मुख्यमन्त्री आचार्य

स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्द्धनबाट रोजगारी सिर्जना सम्भव : मुख्यमन्त्री आचार्य

स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्द्धनबाट रोजगारी सिर्जना सम्भव : मुख्यमन्त्री आचार्य

स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्द्धनबाट रोजगारी सिर्जना सम्भव : मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा साेमवार उद्यमी बाबु रोका संग भएको छलफलकाे क्रममा मुख्यमन्त्री आचार्यले नवप्रवर्तनयुक्त योजना सहित स्थानीय स्तरमै उत्पादन र स्वरोजगारलाई प्रोत्साहन गर्ने कार्यलाई प्रदेश सरकारले नीति तथा कार्यक्रमको प्राथमिकतामा राखेको जानकारी दिएका हुन ।

    भूमिकास्थान–५, जोगिटारी अर्घाखाँचि हाल लमही नगरपालिका–४, अर्नहवा निवासी उद्यमी राेकासँगको छलफलमा उनले भने, `हामीले स्थानीय उत्पादन र उद्यमशिलता मार्फत समृद्धि हासिल गर्ने संकल्प गरेका छाैं । स्थानीय स्तरमै उत्पादन बढाउने, बजारीकरणको अवसर विस्तार गर्ने र सीपमा आधारित रोजगार सृजना गर्न सरकार प्रतिबद्ध छ।´

    छलफलमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली समेत सहभागी थिए । मुख्यमन्त्री आचार्यले बाँसजन्य उत्पादनजस्ता स्थानीय स्रोतमा आधारित उद्योगहरूमार्फत आम्दानी र रोजगारको सम्भावना धेरै रहेको उल्लेख गर्दै यस्ता क्षेत्रमा सरकारले नीति, योजना र सहुलियतमार्फत सहयोग गर्ने स्पष्ट पारेका छन ।

    उद्यमी राेकाले बाँसजन्य सामग्री उत्पादनमार्फत स्वरोजगारमा जोड दिँदै स्थानीय युवालाई सीपमूलक तालिम र रोजगारीको अवसर सिर्जना गर्दै आएको जानकारी गराए । उनले उत्पादन, बजारीकरण र प्रविधिमा थप सहयोगको आवश्यकता रहेको बताउँदै प्रदेश सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरे ।

    मुख्यमन्त्री आचार्यले स्थानीय स्रोत र ज्ञानमा आधारित उद्यमशिल प्रयासहरूलाई प्रोत्साहन गर्दै, समृद्ध प्रदेश निर्माणको याेजनालाई कार्यान्वयनमा लगिएको जानकारी दिएका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij