२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पत्रकारिता क्षेत्रले प्रविधिलाई आत्मसाथ गर्न आवश्यक : मोहन चापागाईं

पत्रकारिता क्षेत्रले प्रविधिलाई आत्मसाथ गर्न आवश्यक : मोहन चापागाईं

पत्रकारिता क्षेत्रले प्रविधिलाई आत्मसाथ गर्न आवश्यक : मोहन चापागाईं

पत्रकारिता क्षेत्रले प्रविधिलाई आत्मसाथ गर्न आवश्यक : मोहन चापागाईं

पत्रकारिता क्षेत्रले प्रविधिलाई आत्मसाथ गर्न आवश्यक : मोहन चापागाईं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सिद्धार्थ पब्लिकेसन प्रालिका अध्यक्ष मोहन चापागाईँले प्रविधिलाई युवा जमातले आत्मसात् गर्नुपर्ने उल्लेख गरेका छन्।

    नेपाल पत्रकार महासंघ रुपन्देहीले सञ्चालन गरेको नलेज सिरिज कार्यक्रममा बोल्दै उनले अहिले पत्रकारितामा प्रविधिकाे प्रयाेग बढिरहेकाे बताउँदै पत्रकारले आफ्नाे क्रियटिभिटि देखाउन जरुरी रहेकाे उल्लेख गरे । आफूहरूले पत्रकारिताको दौरानमा दिनभर मेहनत गरेर समाचार लेखेर अर्को दिन मात्रै कस्तो छापियो भने हेर्नुपर्ने बाध्यता रहेपनी अहिले प्रविधिले स्थलगत प्रत्यक्ष प्रसारण गर्ने अवस्था समेत बनिरहेको बताए। 

    WhatsApp Image 2025-08-05 at 11.10.56 AM.jpeg

    उनले अहिले पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स एआईलाई केही हिन्ट वा प्रम्ट दिएर समाचार बन्ने अवस्था आइरहेकोले पत्रकारितामा लागिरहेका युवाहरूले ध्यान दिएर मेहनत गरेर उत्कृष्टता दिनुपर्ने आवश्यकता औंलाए। खोज तथा अनुसन्धान गरेर समाचार तयार अन्य माध्यमबाट नहुने भएकोले खोजी गर्दै मेहनतपूर्ण पत्रकारिता गरेमा पत्रकारिता गरेर बाच्न सकिने उल्लेख गरे। 
    समाज परिवर्तनको लागि मुख्य जिम्मेवार क्षेत्र पत्रकारिता रहेकोले यसतर्फ ध्यान दिँदै सम्पादक मण्डलले कामहरू गर्नुपर्ने उल्लेख गरे। 

    तीन दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएका उनले अहिलेको पत्रकारितालाई भन्दा सामाजिक सञ्जाललाई विश्वास गर्ने जनता भएकोले सचेत भएर पत्रकारिता गर्दै त्रुटिपूर्ण हुन नदिई काम गर्न सुझाए।सो अवसरमा आफूले पत्रकारिता क्षेत्रमा प्रवेश गरेसंगैका कामहरू सुनाउँदै २०५२ सालमा दैनिक लुम्बिनीमा ३४०० रुपैयाँ तलबबाट पत्रकारितामा लागेको उल्लेख गरेका थिए। 

    नेपाल पत्रकार महासंघ रुपन्देहीले सञ्चालन गरेको नलेज सिरिज अन्तरगत पत्रकार महासंघका पूर्व अध्यक्षहरुसंग छलफल गर्दै आएको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव झविन्द्र देवकोटाले गरेका थिए भने सहजीकरण कार्यसमिति सदस्य भुवन जिसीले गरेका थिए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij