बुटवल । अविरल वर्षाका कारण गएको पहिरो पन्छाएर बुटवल–पाल्पा सडकखण्ड सञ्चालनमा आएको छ।
सडकखन्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ शिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा सडकमा पूर्ण रुपमा अवरुद्ध बनेको सडक सवा ४ बजेतिर खुलेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनी बुटवलले जनाएको छ।
प्रहरीका अनुसार शिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट ठूलो चट्टान र माटोसहितको पहिरो खसेपछि सडक दुबैतर्फबाट अवरुद्ध भएको हो। सोही क्षेत्रमा सोमबार बिहान १० बजेदेखी अपराह्न ४ बजेसम्म पहिरोका कारणले सडक अवरुद्ध बनेको थियो। भने सोमबार बेलुकी ११ बजेदेखी पुन अवरुद्ध बनेको थियो।




