२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव पेश गरिने

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव पेश गरिने

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव पेश गरिने

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव पेश गरिने

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव पेश गरिने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • बुटवल ।  तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने भएको छ । 
    सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री बद्रीप्रसाद पाण्डेले युनेस्कोको आगामी ४८औँ वल्र्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने जानकारी गराए ।


    यसअघि ४७औं बैठकमा तिलौराकोटलाई सूचीमा समावेश गराउने सरकारको प्रयास प्राविधिक कमजोरी र कूटनीतिक असहमतिका कारण सफल हुन नसकेको उनको भनाइ थियो ।


    मन्त्री पाण्डले तिलौराकोटलगायत प्रस्तावित स्थलका सम्बन्धमा भारतले असहमति राखेका कारण प्रक्रिया जटिल भएको उल्लेख बताए ।


    कपिलवस्तुलाई हटाएर तिलौराकोटलाई विश्वसम्पदा सूचीको रूपमा स्वीकार गर्न भारतले प्रस्ताव गरेको तर नेपालले अस्वीकार गरेको पाण्डेले सुनाए ।


    अहिले लुम्बिनी विकास कोषले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै पाण्डेले केही सुधारात्मक काम अगाडि बढेको र आगामी दिनमा योजनाहरू थप व्यवस्थित र प्रभावकारी बनाइने बताए ।


    बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजनाका बारेमा सरकारको नीति नहुँदा समस्या देखिएको बताए । सरकारले नीति बनाए कोषलाई सरकारको पैसा आवश्यक नपर्ने र आफूले बजेट जुटाउने उनको भनाइ थियो । पछिल्लो समय सरकारले कोषको बजेट कटौती गर्दै लगेको गुनासो गर्दै उनले आफू कोषमा गएपछि तलब भत्ता नलिएर नै धेरै काम गरेको बताए ।


    विकास कोषका पदािधकारी र कर्मचारीबारे आएका समाचार सत्य नभएको उनको भनाइ थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij