२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देहीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले गरे अन्तरपालिका न्यायिक संजाल गठन

रुपन्देहीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले गरे अन्तरपालिका न्यायिक संजाल गठन

रुपन्देहीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले गरे अन्तरपालिका न्यायिक संजाल गठन

रुपन्देहीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले गरे अन्तरपालिका न्यायिक संजाल गठन

रुपन्देहीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले गरे अन्तरपालिका न्यायिक संजाल गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • बुटवल । रुपन्देहीका उपप्रमुख र उपाध्यक्षले पछिल्लो पटक संजाल गठन गरेर अनुभव र सिकाइ आदानप्रदान थालेका छन् । त्यही अन्तरपालिका न्यायिक संजाल रुपन्देही र बुटवल उपमहानगरपालिकाले कार्यक्रम आयोजना गरेका थिए ।

    कार्यक्रममा रुपन्देहीका १६ मध्ये ११ स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले आफूले गरेका क्रियाकालापहरु प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगर प्रमुख सावित्रा अर्यालले स्थानीय तहका उपप्रमुख र उपाध्यक्षको कामलाई प्रभावकारी बनाउन संजाल सक्रिय रहेको बताइन ।  “रुपन्देही भित्र पनि स्थानीय तह पिच्छेको वातावरण र काम गराइको तरीका फरक छ । ” उनले भनिन, “संजालले राम्रो काम गरेका स्थानीय तहको सिको गर्ने र समस्या भएकालाई सिकाउने काम पनि गर्ने छ ।”

    अर्याल स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष न्यायिक समिति, योजना तर्जुमा, बजेट निर्माण, र राजश्व अनुगमन समितिको संयोजक पनि हुन् ।

    528325550_10236489913443412_3829445182470384538_n-1536x717.jpg

    तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले संजालमार्फत स्थानीय तहका उपप्रमुख र उपाध्यक्षलाई अधिकार अनुसार भूमिका दिन र भूमिका अनुसार नतिजा निकाल्न पैरवी समेत गरेको बताइन ।

    देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले न्याय निरुपणलाई प्रभावकारी बनाउन मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिमा ध्यान दिएको बताइन ।

    सैनामैना नगरपालिका उपप्रमुख विना रानाले न्यायिक समितिमा उजुरी दर्ता गरेपछि सम्बन्धीत वडामा मेलमिलाप र छलफलका लागि घटना पठाउने गरेको जानकारी गराइन । 

    सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले कतिपय पीडित महिलाहरु मौखिक उजुरी लिएर आउने र आफ्ना पति वा घरपरिवारलाई हिंसा नगर्न सम्झाउन आग्रह गर्ने बताइन ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले स्थानीय वासिन्दाको उपप्रमुखप्रति सबै कुराको न्याय पाइन्छ भन्ने विश्वाशले अधिकार क्षेत्रका उजुरी पनि धेरै आउने जनाइन ।

    कंचन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा र शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले न्यायिक समितिमा धेरै जग्गा विवाद र सांधकिलाबारेका उजुरी आउने बताइन ।

    ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले विवादित पक्षले मेलमिलापकर्ता भन्दा न्यायिक समिति संयोजकबाट नै घटना मिलाइदिन आशा राख्दा धेरै कार्यबोझ भएको उल्लेख गरिन् । 

    कार्यक्रममा न्याय सम्पादनमा उपप्रमुख वा उपाध्यक्षले गरेका अभ्यास र क्रियाकलापहरुलाई प्रस्तुत गरिएको थियो ।

    स्थानीय तहमा न्यायिक समिति मार्फत हुने न्याय सम्पादनमा देखिने समस्या र चुनौति हटाउन पनि एकसाथ काम गर्ने उनीहरुले लक्ष्यका साथ संजालले अन्तरक्रियात्मक समन्वयात्मक कार्यक्रम आयोजना गरेको हो ।

    छलफलमा एक पालिकाका राम्रा अभ्यासलाई अर्कोले कसरी सिक्ने र चुनौतिलाई कसरी चिर्ने भन्नेबारे पनि छलफल भएको थियो ।बुटवल उपमहानगरमा आयोजित कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत मीत्रमणी खनालले शब्दद्धारा स्वागत गर्नुभएको थियो भने प्रमुख खेलराज पाण्डेयले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका बुटवल उपमहानगर प्रमुख पाण्डेयले प्रभावकारी कामका लागि उपाध्यक्ष र उपप्रमुखले गर्ने काममा आफ्नो सधै साथ रहने बताए ।

    संजालको बैठकले बहुविवाह गर्न पाउनेगरी संघीय सरकारले ल्याउन लागेको विवाह मस्यौदा सच्चाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij