२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आर्यघाट प्रकरण : शवबाटै निकालिएको हो त मासु र हड्डी ?

आर्यघाट प्रकरण : शवबाटै निकालिएको हो त मासु र हड्डी ?

आर्यघाट प्रकरण : शवबाटै निकालिएको हो त मासु र हड्डी ?

आर्यघाट प्रकरण : शवबाटै निकालिएको हो त मासु र हड्डी ?

आर्यघाट प्रकरण : शवबाटै निकालिएको हो त मासु र हड्डी ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । पशुपति आर्यघाटमा शव जलाउँदा शंकास्पद गतिविधि गरेको आरोपमा पक्राउ परेका काभ्रेका गणेश ढकाल २०५५ सालदेखि नै शव जलाउने काममा थिए । शव जलाउने क्रममा उनीहरुले शंंकास्पद गतिविधि गरेको भन्दै मृतकका आफन्तले प्रहरीमा खबर गरेपछि शव जलाउने काम गर्ने ढकाल र बिनायक मैनाली पक्राउ परेका हुन् ।

    उनीहरु शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी परिसरका एसपी कुलदिप चन्दले जानकारी दिए ।  उनीहरुलाई गौशाला प्रहरी वृत्तमा राखेर प्रहरीले अनुसन्धान जारी राखेको छ ।

    मृतकका आफन्तले भने उनीहरुले शवको केही भाग एक व्यक्तिलाई बिक्री गरेको आरोप लगाएका छन् । गौशाला प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका ढकालले जलाउने क्रममा बाँकी रहेको हड्डी एक नागरिकलाई दिएको स्वीकार गरेका छन् ।

    उनले प्रहरीसितको बयानमा भनेका छन्, ‘‘हड्डी मासुको बिक्री गरेको होइन । म ०५५ सालदेखि नै शव जलाउने काममा छु । शुक्रबार पनि शव जलाउँदा जलाउँदै एक नागरिकले घरको पूजाका लागि मृत मानिसको हड्डी चाहिएको छ भनेर मागेपछि सानो भाग दिएको हुँ । भेटी भनेर पाँचसय रुपैयाँ दिनुभएको हो । मैले मृतकका आफन्तलाई समेत यही जानकारी दिएको थिएँ ।’’

    तर, मृतकका आफन्तलाई भने त्यो चित्त नबुझेपछि प्रहरीलाई खबर गरेका हुन् । सोही आरोपमा उनीहरु पक्राउ परेका छन् । प्रहरीले हड्डी लिने व्यक्तिको समेत खोजी थालेको छ । हड्डीको मात्रा कति दिइएको हो र लिएका व्यक्तिले के प्रयोजनका लागि लिएको भन्ने अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

    काभ्रेको बनेपा ९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालिएको आफन्तको आरोप छ ।

    पशुपति क्षेत्रमा प्रहरीको ‘स्विप अपरेसन’, ४१ जना शकांस्पद व्यक्ति नियन्त्रणमा पशुपति क्षेत्रमा प्रहरीको ‘स्विप अपरेसन’, ४१ जना शकांस्पद व्यक्ति नियन्त्रणमा

     

    जलाउँदै गरेकाे शवकाे मासु लगेकाे प्रकरणमा आर्यघाटमा शव जलाउने दुईजना पक्राउ जलाउँदै गरेकाे शवकाे मासु लगेकाे प्रकरणमा आर्यघाटमा शव जलाउने दुईजना पक्राउ

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij