२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लायन्स क्लब अफ शंकरनगरद्वारा बन बाटिकालाई अग्नी नियन्त्रण यन्त्र प्रदान

लायन्स क्लब अफ शंकरनगरद्वारा बन बाटिकालाई अग्नी नियन्त्रण यन्त्र प्रदान

लायन्स क्लब अफ शंकरनगरद्वारा बन बाटिकालाई अग्नी नियन्त्रण यन्त्र प्रदान

लायन्स क्लब अफ शंकरनगरद्वारा बन बाटिकालाई अग्नी नियन्त्रण यन्त्र प्रदान

लायन्स क्लब अफ शंकरनगरद्वारा बन बाटिकालाई अग्नी नियन्त्रण यन्त्र प्रदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  •  
     
    तिलोत्तमा । लायन्स क्लब अफ शंकरनगर, रुपन्देहीले युवाहरुलाई  जलवायु परिवर्तन र पर्यावरण प्रति जिम्मेवार र जागरुक बनाउने र  बिपद ब्यवस्थापन गर्ने उद्देश्यले विपद ब्यवस्थापन स्वयंसेवक समूह गठन गरेको छ । 
     
    क्लवका अध्यक्ष  दीपक भट्टराईको पहलमा  `हाम्रो क्लब हाम्रो समुदायको लागि´ भन्ने उद्देश्य सहित भिमराज क्षेत्रीको संयोजकत्वमा नवयुवा क्लब र जनजागृती युवा क्लबका २-२ जना प्रतिनिधि सदस्य रहनेगरी ५ सदस्यीय विपद ब्यवस्थापन स्वयंसेवक समूह गठन गरिएको हो । 
    सोही अवसरमा प्रकोप राहत अन्तर्गत क्ल्वले शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (बन बाटिका)लाई अग्नी नियन्त्रण यन्त्र प्रदान गरेको छ । 
     
    क्ल्वका जिएल्टी कोअर्डिनेटर मुकुन्द ज्ञवालीले शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष्य खिमलाल पाण्डेलाइ अग्नी नियन्त्रण यन्त्र प्रदान गर्नुभएको हो । 
    सो अवसरमा युवा सशक्तिकरणका सवालमा अन्तर्कृयात्मक कार्यक्रम  भएको थियो भने  कार्यक्रम संयोजक लायन भिमराज क्षेत्रीले क्ल्वले सामाजिक उत्तर्दायित्व अन्तर्गत गरेका कार्यक्रम र युवा शसक्तिकरणको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । 
    क्लवका अध्यक्ष दीपक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा  सिनियर डिस्ट्रिक एडभाइजर लायन लक्ष्मण पाठक,  जोन चियर पर्सन लायन मनोज नेपाल, जिएल्टी कोअर्डिनेटर लायन मुकुन्द ज्ञवाली,  आइपिपी पुरुषोत्तम आचार्य, शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष्य खिमलाल पाण्डे,  नवयुवा क्लबका अध्यक्ष सुरज गौतम ज्यु, जनजागृती युवा क्लबका अध्यक्ष बिदुर के सी,  क्ल्वका प्रथम उपाध्यक्ष्य लायन गोपाल कार्की, सचिव लायन सुमन पाठकलगाएतले बोल्दै क्लवले समाजिक उत्तरदायित्व अन्तरगत गरेका सबै कार्य प्रशम्सनिय रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ निरन्तरता दिन सुझाव दिनुभयो ।
    सोही अवसरमा लायन्स क्लब अफ शंकरनगर रुपन्देहिको दोस्रो  बोर्ड तथा जनरल बैठक समेत बसेको थियो । 
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij