२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ३२ २०८१
सोमवार, आषाढ ३२ २०८१
  • काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिँदै छन । संविधानको धारा ७६ (२) अनुसार हिजो प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिने कार्यक्रम छ ।

    नेपाली कांग्रेसको समर्थनमा ओली चौथोपटक प्रधानमन्त्री बन्नुभएको हो । नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने कांग्रेस र एमालेको तयारी छ । यसको लागि आज बिहानैदेखि नेताहरु छलफलमा जुटेका छन् । दुई दलबीच एमालेले प्रधानमन्त्रीसहित सात र कांग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय राख्ने गरी समझदारी बनेको छ । बाँकी मन्त्रालय साना दललाई बाँडफाँट गर्ने तयारी छ ।

    कांग्रेसबाट नेता प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्ने र एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्ने निश्चितजस्तै भएको नेताहरुको भनाइ छ । नेताहरुका अनुसार कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, स्वास्थ्य, पर्यटन, सहरी विकास, कानुन र वन तथा वातावरण मन्त्रालय लिनेछ ।

    एमालेले अर्थ, भौतिक योजना तथा पूर्वाधार विकास, सञ्चार, शिक्षा, उद्योग, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था मन्त्रालय लिने प्रारम्भिक समझदारी बनेको छ । तर, अन्तिम टुङ्गो भने लाग्न बाँकी छ ।

    कांग्रेसबाट रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल, अजय चौरासिया, जीवन परियार, किशोरसिंह राठौर, बद्री पाण्डे, तेजुलाल चौधरी, रामनाथ अधिकारी, हृदयराम थानी र दीपक खड्का तथा एमालेबाट योगेश भट्टराई, गोकुल बाँस्कोटा, जुली महतो, विद्या भट्टराई, दामोदर भण्डारी, पदम गिरी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, ऋषिकेश पोखरेल र एलपी सावाँ लिम्बु मन्त्रीका दाबेदार छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij