२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नवलपरासीमा लम्पी स्किन संक्रमण बढ्दै

नवलपरासीमा लम्पी स्किन संक्रमण बढ्दै

लुम्बिनी प्रदेशकै पहिलो प्रभावित जिल्ला बनेको नवलपरासीमा हालसम्म पाँच पशुको मृत्यृ र एक सय १८ पशु प्रभावित भएका छन् ।

नवलपरासीमा लम्पी स्किन संक्रमण बढ्दै

नवलपरासीमा लम्पी स्किन संक्रमण बढ्दै

लुम्बिनी प्रदेशकै पहिलो प्रभावित जिल्ला बनेको नवलपरासीमा हालसम्म पाँच पशुको मृत्यृ र एक सय १८ पशु प्रभावित भएका छन् ।

नवलपरासीमा लम्पी स्किन संक्रमण बढ्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • केशव पराजुली -नवलपरासी । लम्पी स्किन सङ्क्रमणबाट नवलपरासी पश्चिमा पाँच पशुको मृत्यृ भएको छ । त्यस्तै जिल्लामा अहिलेसम्म लम्पी स्किन रोगका कारण  १ सय १८ पशु प्रभावित भएका छन् । रोगबाट प्रभावित पशुको उपचार भैरहेको छ । लम्पी स्किन रोगको सङ्क्रमणमा पश्चिम नवलपरासी लुम्बिनी प्रदेशकै पहिलो प्रभावित जिल्लामा देखिएको छ । 

    जिल्लाको रामग्राम, सुनवल र बर्दघाट नगरपालिका तथा  प्रतापपुर, सुस्ता र सरावल गाउँपालिकाका पशुमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र नवलपरासीका  विकास निर्देशक श्रवणकुमार चौधरीले बताएका छन् । असार महिनादेखि फाटफुट रुपमा देखिएको रोगले अहिले आएर संक्रमणको रुप लिन लागेको निर्देशक चौधरीले बताए । रोग फैलिएको क्षेत्रलाई घेराबन्दी गरेर सङ्क्रमण फैलिन नदिने प्रयास गरिएको चौधरीले जनाए । 


    जिल्लामा ८३ हजार ४ सय ८८ गाईभैंसी छन् । सङ्क्रमणबाट भंैसीभन्दा धेरै गाईमा रोग फैलिएको छ ।शुरोग अन्वेषण प्रयोगशाला नवलपरासी पश्चिमका डाक्टर भरत काफ्लेले जिल्लामा अहिलेसम्म २७ पशुमा लम्पी स्किन रोग देखा परेको पुष्टी भएको र १३ पशुको नमूना परीक्षणका लागि पशुरोग अन्वेषण प्रयोगशाला काठमाडौं पठाएको बताए । गाईको छाला पातलो हुने भएका कारण गाईमा रोगको  सङ्क्रमण बढी देखिएको डाक्टर काफ्लेले जनाए । असारदेखि जिल्लामा फैलिएको लम्पी स्किन रोगबाट नवलपरासी पश्चिम प्रदेशकै बढी प्रभावित जिल्ला रहेको उनले बताए । रुपन्देही, बाँके र बर्दियामा रोग देखापरेको भए पनि नवलपरासीमा जस्तो भयावह नरहेको उनले जानकारी दिए । 

    असारमा बर्दघाट नगरपालिकामा देखिएको लम्पी स्किन रोग अहिले आएर जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकाका पशुमा देखिएको छ । लम्पी स्किन रोगबाट सबैभन्दा बढी भंैसीका पाडा, पाडी र गाईका बाच्छा, बाच्छीमा सङ्क्रमण बढी देखिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र नवलपरासीकी पशु चिकित्सक डाक्टर विभूति सिंहले बताइन् । उनका अनुसार दैनिकजसो पशुसेवा विज्ञकेन्द्रमा पशुपालक किसानहरु आफ्ना पशुलाई रोग लागेको बताउन आउने गरेका छन् । 

    एक हप्ता अगाडि गाईलाई रोग लागेर उपचार गराउँदै आएका रामग्राम वडा नम्बर ६ का वीरेन्द्रप्रसाद केवटले गाईको बाच्छीमा पनि रोग देखापरेको गुनासो गर्दै उपचारका लागि अस्पताल आएको बताए । 


    लम्पी स्किन रोगबाट पशु सङ्क्रमण भएपछि पशुका शरीरमा घाउ आउने र घाउ पाक्ने भएका कारण किसानलाई उपचार गर्न समेत समस्या हुने गरेको पशु रोग अन्वेषण प्रयोग शाला नवलपरासी पश्चिमका डाक्टर भरत काफ्लेले बताए । वर्षाको समय भएका कारण रोग फैलिदै गएको डाक्टर काफ्लेको भनाइ छ । पाल्हीनन्दन गाउँपालिकामा भने अहिलेसम्म रोग देखानपरेको उनले जनाए । लम्पी स्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउ खटिरा आउने तथा घाँस र पानी नखाने लक्षण देखिन्छन् । रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि केही दिनमा सुरु गरिने भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र नवलपरासीका निर्देशक श्रवणकुमार चौधरीले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij