प्यूठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाले संस्थामा आबद्ध सबै सदस्यहरुको दुर्घटना बिमा गरेको छ ।
संस्थाको स्वीकृत कार्यक्रमअनुसार सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गराएको संस्थाले जनाएको छ ।
संस्थामा आबद्ध सदस्यहरुको दुर्घटनाका कारण हुन सक्ने भवितव्य जोखिम न्यूनीकरणमा टेवा पु¥याउन दुर्घटना बिमा गरिएको व्यवस्थापक प्रकाश बैद्यले जानकारी दिए । संस्थाले सदस्य सेवाका लागि विभिन्न प्रभाकारी कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा सदस्य दुर्घटना बिमाले सदस्य सुरक्षाको थप महत्वपूर्ण कार्यक्रम रहेको उनले बताए ।
५ हजार ८ सय सदस्य आबद्ध रहेको संस्थाले सदस्यको निधन भएको अवस्थामा २५ हजार मृत्यु राहत कोष प्रदान गर्दै आएको छ भने सुत्केरी भेटघाट, सदस्य बिमा, घाट खर्च सहयोग, औषधि उपचार ऋण सहुल्,ि अस्पतालमा छुट, लघुवित्त कार्यक्रम, विभिन्न उत्पादनमूलक ऋण सेवा, बचत संकलन जस्ता कार्यक्रमहरु सञ्चालन गरेको छ ।




