२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्याङ्जा अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै

स्याङ्जा अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै

स्याङ्जा अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै

स्याङ्जा अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै

स्याङ्जा अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा
    जिल्ला अदालत स्याङ्जामा दर्ता भएका मुद्दामध्ये अधिकांश सम्बन्धविच्छेद (डिभोर्स) का मुद्दा रहेका छन् । आर्थिक वर्ष २०८१-०८२ मा दर्ता भएका एक हजार ७ मुद्दामध्ये ५२१ मुद्दा सम्बन्धविच्छेदका मात्रै रहेका थिए । अदालतमा कुल दर्ता नयाँ मुद्दामध्ये ६० प्रतिशत सम्बन्धविच्छेदका छन् । 


    पुराना (जिम्मेवारी सरेका) ८७ सहित सम्बन्ध विच्छेदका कुल ६०८ मुद्दा मध्ये ५१८ मुद्दा फछ्र्यौट भएर ९० वटा मात्रै मुद्दा फछ्र्यौट हुन बाँकी छन् । पुराना १६ नयाँ ८५ सहित वैवाहिक सम्बन्ध अन्त्य तर्फका १०१ मुद्दामा ७७ फछ्र्यौट हुँदा २४ मुद्दा बाँकी ररहन गएको अदालतका श्रेष्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए ।


    अदालतमा पुरानो र नयाँ समेत एक हजार ३५९ मुद्दा रहेकोमा एक हजार ४४ अर्थात् ७६.८२ प्रतिशत मुद्दा फछ्र्यौट भएको श्रेष्तेदार शर्माले जानकारी । उनले ३१५ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जनाउँदै दुई वर्षभन्दा बढी समयका पुराना मुद्दा नरहेको बताए ।
    आर्थिक वर्ष २०८१-८२ मा अदालतमा दर्ता भएका अंशबण्डा ६६, लेनदेन ३०, जालसाजी २५, मानाचामल २२, चेक अनादर र लिखित बदर १७-१७ वटा, घरेलु हिंसा ४, जबरजस्ती करणी १७, बहुविवाह २, किर्ते २, लागुऔषध १६, चोरी १७, कर्तव्य ज्यान १४, अभद्र व्यवहार ९, जग्गा सम्बन्धी १३, बैंकिङ कसुर १४ र अन्यतर्फ (निषेधाज्ञा, वन मुद्दा, पुनरावेदन, जुवातास, मिलापत्र बदर, हातहतियार, दामासाही आदि) ११६ गरी एक हजार ७ वटा मुद्दा थिए ।


    अदालतमा पुराना ६० र नयाँ १६९ गरी २२९ दण्ड जरिवानातर्फका मुद्दामा १६० को फछ्र्यौट गरी ६९ मुद्दा मात्रै बाँकी रहेका छन् । दण्ड जरिवानातर्फ चार अर्ब २९ करोड ५८ लाख ५८ हजार ७३ रुपैयाँ र कैदतर्फ १५ सय १९ वर्ष ७ महिना १३ दिन असुल गर्नुपर्नेमा अदालतले नगदतर्फ चार अर्ब ११ करोड ७८ लाख २९५ असुल गरेको छ भने कैदमा ४५७ वर्ष ११ महिना चार दिन असुल गरेको जनाएको छ ।


    दण्ड जरिवानातर्फ ६९ मुद्दाका १०६१ वर्ष ८ महिना ९ दिन असुल गर्न बाँकी रहेर आर्थिक वर्ष २०८२-०८३ मा जिम्मेवारी सरेको जिल्ला अदालतले जनाएको छ । दण्ड तथा जरिवाना असुलमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले समेत महत्वपूर्ण सहयोग पु¥याएको अदालतले जनाएको छ ।

     
    जिल्ला न्यायाधीश बासुदेव पौडेलले आर्थिक वर्ष २०८१-०८२ मा ६८ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा ७६.८२ प्रतिशत अर्थात् ९ प्रतिशत मुद्दा फछ्र्यौट गर्न अदालत सफल भएको जानकारी दिए । फछ्र्यौटका आधारमा स्याङ्जा अदालत गण्डकी प्रदेशमै उत्कृष्ट अदालत बन्न सफल भएको उनल उल्लेख गरे ।


    मुद्दा फछ्र्यौटमा जिल्लाका सरकारी निकाय, नागरिक समाज, पत्रकारलाई धन्यावाद दिँदै जिल्ला न्यायाधीश बासुदेव पौडेलले अदालतले कार्य सम्पादन गर्दा हुने गल्तीलाई सकारात्मक आलोचनामार्फत् सुधारको सुझाब दिन आग्रह गरे । अदालतको सेवा प्रवाहमा सबै पक्षसँग हातेमालो गरे अगाडि बढिने समेत उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij