बुटवल । आज साउन महिनाको अन्तिम सोमवार काठमाण्डौको पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।
भक्तजनहरुले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् ।
साउनको पहिलो सोमवारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन् ।




