२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

इनरव्हील क्लब अफ बुटवलद्वारा नीलकण्ठ बाबा धाममा वृक्षारोपण

इनरव्हील क्लब अफ बुटवलद्वारा नीलकण्ठ बाबा धाममा वृक्षारोपण

इनरव्हील क्लब अफ बुटवलद्वारा नीलकण्ठ बाबा धाममा वृक्षारोपण

इनरव्हील क्लब अफ बुटवलद्वारा नीलकण्ठ बाबा धाममा वृक्षारोपण

इनरव्हील क्लब अफ बुटवलद्वारा नीलकण्ठ बाबा धाममा वृक्षारोपण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • बुटवल । इनरव्हील क्लब अफ बुटवलले सोमबार बुटवलको धार्मिक पवित्र स्थल नीलकण्ठ बाबा धाम परिसरमा वृक्षारोपण गरेको छ।

    क्लब अध्यक्ष बुलबुल श्रेष्ठले साउनकाे साेमबार हुनुका साथै नीलकण्ठ बाबा धामको स्तरउन्नतीमा सहयाेग पुग्नुका साथै प्रकृति संरक्षणका लागि कार्यक्रम आयाेजना गरिएकाे बताइन् । 

    कार्यक्रमका प्रमुख अतिथि धामका सचिव डण्डपानी पाण्डेले सामाजिक कार्य गर्नका लागि क्लवले धाम राेजेकाेमा धन्यवाद ब्यक्त गरे । 

    कार्यक्रममा क्लबका पूर्वअध्यक्ष लक्ष्मी बश्याल, पूर्वअध्यक्ष प्रमिला श्रेष्ठ,धामका कोषाध्यक्ष लक्ष्मी न्याैपाने लगायतले शुभकामना दिएका थिए । 

    कार्यक्रम संयोजक अर्पना श्रेष्ठले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी गराएकी थिइन भने  कार्यक्रमको सञ्चालन क्लबकी सचिव गंगा श्रेष्ठले सञ्चालन गरेकी थिइन् । 

    वृक्षारोपण कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू, सल्लाहकार, आइपिपी, बोर्ड सदस्यहरू तथा सम्पूर्ण क्लब सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमपछि धाममा उपस्थित बटुकहरू तथा भक्तजनका लागि चिसो मोहीको व्यवस्था गरिएको क्लबले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij