भैरहवा । घुस लिएको रकमसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान लाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार रुपन्देही, कोटहीमाई गाउँपालिका वडा नं. ५ मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीले सिमा पारी भारतबाट भन्सार छली अवैधरुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरि लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खत्रीलाई सेवाग्राहीबाट रु.१५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस÷रिसवत लिइसकेको अवस्थामा कोटहीमाई ५ मर्चवारबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।




