२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

चाडपर्व नजिकिंदै गर्दा बजार अनुगमन

चाडपर्व नजिकिंदै गर्दा बजार अनुगमन

चाडपर्व नजिकिंदै गर्दा बजार अनुगमन

चाडपर्व नजिकिंदै गर्दा बजार अनुगमन

चाडपर्व नजिकिंदै गर्दा बजार अनुगमन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • स्याङ्जा । चाडपर्व नजिकिंदै गर्दा जिल्ला प्रशसन कार्यालय स्याङ्जाले उपभोक्ता हक, हित र अधिकारलाई मध्यनजर गर्दै बजार अनुगमन कार्य सुरु गरेको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिँदै जिल्ला सदरमुकामस्थित खाद्यान्न तथा किनारा पसलमा अनुगमन तथा निरीक्षण गरिएको छ ।


    सदरमुकामको व्यस्त बजार घुम्ति, दुर्गानगरका किनारा पसलहरुको अनुगमन गरेको हो । पुतलीबजार नगरपालिका–१  घुम्ति–चिसापानी मार्गका बजारमा झण्डै दर्जन पसलमा अनुगमन तथा निरीक्षण गर्दा अधिकांश पसलमा राखिएका खाद्यन्न तथा पेय पदार्थमा म्याद गुज्रेको भेटिएको थियो । 


    अनुगमनका क्रममा करेन्ट मःम मसला, चार्टमसला, सेन्चुरी मरिच धुलो, अचार मसला, करेन्ट चाउमिन मसला, सेन्चुरी चाउमिन मसला, पानीपुरी मसला, यिर्बानी मसाली, चिज बल्स र लेजलगायतका फास्ट फुडका खाद्य सामग्रीमा म्याद गुज्रेको भेटिएको प्रशायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए ।


    पसल दर्ता नगरी, सामग्रीको मूल्य सूची नराखिएको, मूल्य एकरुपता नभएको, लेवल र तौल नलेखिएको खाद्यान्न सामग्री प्याकिङ गरि बिक्री गर्दै आएको भेटिएको छ । पसलधनीलाई आवश्यक काजगात र प्रक्रिया पूरा गरी पसल सञ्चालन गर्न, खाद्यान्न सामग्री खरिद तथा खरिदमा आवश्यक ध्यान दिन र म्याद गुज्रेका सामग्री नबेच्न सचेत गराइएको सहायक प्रजिअ पौडेलले बताए ।


    म्याद गुज्रेका अखाद्य वस्तुलाई अनुगमन टोलीले संकलन गरी नष्ट गरेको छ । प्रशासन कार्यालयको अगुवाइमा बजार अनुगमन तथा निरीक्षण गरिएको हो । आउँदै गरेका चार्डपर्वलाई मध्यनजर गर्दै प्रशासनले बजार अनुगमनलाई नियमित गर्ने जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij