२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

युवाहरूलाई राष्ट्रपतिले भने– मुलुकको भाग्य कोर्ने जिम्मेवारी तपाईंको काँधमा छ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरूलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले अहिलेकै राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाको काँधमा रहेको बताए ।

    "युगिन जिम्मेवारी पूरा गर्न तपाईंहरूको सक्षम हुनुहुन्छ । उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने यो समयको माग हो । विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तीव्रतर विस्तारको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार हो । उद्यमशिलता आर्थिक विकासको आधार हो," उनले भने ।

    राष्ट्रपति पौडेलले प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन, सूचना प्रविधिसहितका उद्यमशिलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरूले आफूलाई अब्बल प्रमाणित गरिसकेको पनि बताए ।

    "यसका लागि युवाको विदेश पलायन रोकी उनीहरूलाई स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्ने उद्यमशिलता विस्तार एवं प्रवर्द्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक छ," उनले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij