२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रहरी चौकिलाई सामुदायीक वनको सहयोग

प्रहरी चौकिलाई सामुदायीक वनको सहयोग

प्रहरी चौकिलाई सामुदायीक वनको सहयोग

प्रहरी चौकिलाई सामुदायीक वनको सहयोग

प्रहरी चौकिलाई सामुदायीक वनको सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • बुटवल ।  शिवनगर सामुदायीक वन उपभोक्ता समुह, बुटवलले बुटवल उपमहानगरपालिका वडा नं. ७ मा रहेको प्रहरी चौकि, श्रवणपथलाई नागरिक सहायता कक्षका लागि ३ थान काठका बेञ्ची तथा टेवलहरु निशुल्क प्रदान गरेको छ । 

    मंगलवार चौकिमा आयोजित एक कार्यक्रममा सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष मनोज गौचनले चौकिका इञ्चार्ज प्रहरी सहायक निरिक्षक खगेन्द्र पराजुलीलाई सो सामाग्री हस्तान्तरण गरेका हुन । 

    चौकिले थैवचोकमा स्थापना गरेको नागरिक सहायता कक्षलाई व्यवस्थित बनाउने र सेवा लिन आउने नागरिकको सुविधाका लागि उक्त सामाग्री प्रदान गरेको वन अध्यक्ष मनोज गौचनले बताए ।

    अध्यक्ष गौचनले समाज सुधारका लागि गरिने काममा खटिने सुरक्षाकर्मीहरुलाई साधनश्रोतमा बलियो बनाउने उद्देश्य तथा सामाजिक उत्तरदायित्व पुरा गर्नका लागि वनले आवश्यक्ता अनुसार सहयोग गर्दै आएको जानकारी दिए ।

    सो अवसरमा चौकिका ईञ्चार्ज प्रसनि पराजुलीले सबै क्षेत्रको सहयोग र हातेमालोबाट नै समाजमा प्रहरीले सुरक्षा प्रबन्धको जिम्मेवारी पुरा गर्दै आएको बताउदै वनको सहयोगले नागरिकहरुको सेवा अझ छिटो र छरितो गर्न सकिने विश्वाास व्यक्त गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij