२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, १४२७ जना विदेशी

कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, १४२७ जना विदेशी

कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, १४२७ जना विदेशी

कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, १४२७ जना विदेशी

कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, १४२७ जना विदेशी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । नेपालमा सञ्चालित  कूल ७७ कारागारहरुमा क्षमताभन्दा ६७ प्रतिशत बढी पुरुष बन्दी रहेको गृह मन्त्रालयले जनाएको छ । तर महिला बन्दी भने कारागारको क्षमता अनुसार नै रहेको मन्त्रालयले जनाएको छ ।

    आज संसदीय समितिको बैठकमा गृह मन्त्री रमेश लेखकले प्रस्तुत गरेको असार मसान्तसम्मको तथ्यांक अनुुसार देशभरका कारागारमा रहेका पुरुष ब्लकको कूल क्षमता १६ हजार ६२५ जना हो । तर ती पुरुष ब्लकहरुमा २७ हजार १६८ जना पुरुष बन्दीहरु छन् ।

    ‘यस तथ्यांकले प्रत्येक कारागारमा क्षमताभन्दा औसतमा ६७ प्रतिशत बढी देखिन्छ,’ मन्त्री लेखकले भने, ‘अर्को शब्दमा भन्दा एक सय जनाको क्षमता भएको कारागारमा औसतमा सरदर १६७ जनालाई राख्नु परेको अवस्थामा हामी छौं ।’

    उनले महिलातर्फ देशभर सन्चालनमा रहेका ५० वटा कारागारको क्षमता २ हजार ५०१ जना रहेकामा महिला बन्दीको संख्या १ हजार ५५० जना छन् । ‘यो क्षमता भित्रै छ । यसले समस्या छैन,’ उनले भने ।

    ज्येष्ठ नागरिक ६६ र आश्रित बालबालिका ६४ जना

    गृहमन्त्री लेखका अनुसार नेपालका ७२ वटा जिल्लामा ७५ कारागार छन् । भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् भने काठमाडौं, दाङ र बाँकेमा दुई/दुईवटा कारागार छन् । ती कारागारहरुमा थुनुवा र कैदी गरेर जम्मा २८ हजार ७१८ जना छन् । थुनुवातर्फ ९ हजार ८३९ पुरुष र ५९६ जना महिला गरी जम्मा १० हजार ४३५ जना छन् ।

    यसैगरी कैदीतर्फ १७ हजार ३२९ पुरुष र ९५४ जना महिला गरी कूल १८ हजार २८३ जना छन् । यीमध्ये ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक ६६ जना र आश्रित बालबालिका ६४ जना छन् । यसैगरी १ हजार ४२७ जना विदेशी नागरिक छन् ।

    छानबिन प्रतिवेदन आएपछि कानुनी कारबाही र व्यवस्थापकीय काम गर्छौं : लेखक

    गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो । त्यतिबेला ४० घण्टासम्म कारागार कैदीबन्दीको नियन्त्रणमा थियो ।

    अहिले भने कैलाली कारागारमा प्रहरी प्रशासनको सहज पहुँच रहेको र स्थिति सामान्य रहेको गृहमन्त्री लेखकले जानकारी दिए । उनले आगामी दिनमा त्यस्ता घटना हुन नदिने सुनिश्चितता गरिएको पनि बताए । ‘कारागार प्रशासनका लागि नयाँ कर्मचारी खटाइ परिस्थिति नियन्त्रणमा लिने काम भएको छ,’ उनले संसदीय समितिमा भने, ‘बन्दीलाई आफन्तसँग भेट गर्ने वातावरण मिलाइएको छ ।’

    उनले कैलाली कारागारको घटनाबारे छानबिन समितिले प्रतिवेदन दिएपछि त्यसको आधारमा थप कानुनी कारबाही अघि बढाउने र अरु व्यवस्थापकीय काम पनि गर्ने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij