२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एमालेमै फर्किइन् सिद्धार्थनगरकी पूर्व उपप्रमुख काफ्ले

एमालेमै फर्किइन् सिद्धार्थनगरकी पूर्व उपप्रमुख काफ्ले

एमालेमै फर्किइन् सिद्धार्थनगरकी पूर्व उपप्रमुख काफ्ले

एमालेमै फर्किइन् सिद्धार्थनगरकी पूर्व उपप्रमुख काफ्ले

एमालेमै फर्किइन् सिद्धार्थनगरकी पूर्व उपप्रमुख काफ्ले
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  •  

    दाङ  । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य उमा काफ्ले नेकपा (एमाले) मा प्रवेश गरेकी छिन ।

    दाङको लमहीमा सुरु भएको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकमा काफ्लेलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टीमा प्रवेश गराएकी हुन ।

    रुपन्देहीकी महिला नेतृ काफ्ले सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत हुन ।

    बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितको नेतृत्वको सहभागिता रहेको छ ।

    प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता र केन्द्रीय सचिव तथा लुम्बिनी इञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा जारी बैठकमा मनोनीत सदस्यको सपथ, अन्तर पार्टी निर्देशन १२ अध्ययन, सचिवालयको निर्णय अनुमोदन, प्रदेश कमिटीमा मनोनयन, वार्षिक कार्ययोजना २०८१ को समीक्षा, वार्षिक कार्ययोजना २०८२ को प्रस्ताव, वडा तथा टोल केन्द्रित अभियानको निरन्तरता र विधान महाधिवेशनको तयारीलगायत एजेन्डामा छलफल भइरहेको छ ।

    बैठकका अन्य एजेन्डामा जिल्ला कमिटी, सल्लाहकार कमिटी र विभिन्न विभागहरूको बैठकसम्बन्धी प्रस्तावहरू समेत रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij