२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जग्गा राजस्व छलीमा मालपोत कर्मचारीको मिलेमतो

जग्गा राजस्व छलीमा मालपोत कर्मचारीको मिलेमतो

जग्गा राजस्व छलीमा मालपोत कर्मचारीको मिलेमतो

जग्गा राजस्व छलीमा मालपोत कर्मचारीको मिलेमतो

जग्गा राजस्व छलीमा मालपोत कर्मचारीको मिलेमतो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • विष्णु खनाल 
    बर्दघाट
    राजस्व छलिमा मालपोत कार्यालय नवलपरासीका कर्मचारीको मिलेमतो भएको तथ्य बाहिरिएको छ । वडाको सिफारिस विनै जग्गा अर्काे व्यक्तिको नाममा जग्गा पास भएको घटनाले अहिले नवलपरासी जिल्लालाई तताएको छ । नवलपरासीको बर्दघाट नगरपालिका बडा नं. ५ मा जग्गा बेचबिखनको काममा राजस्व छली भएको छ । नन्दराम चौधरीले साविकको माकर गाविस ९ घ, हालको बर्दघाट नगरपालिका वडा नं. ५ मा रहेको कित्ता नं. १०१५ को क्षेत्रफल ०–१९–५ जगाको बाटोमा नक्सा नदेखिएता पनि सो जग्गाको पश्चिमतर्फ बर्दघाट त्रिवेणी सडक र उत्तरतर्फ चलनचल्तीको ग्रावेल बाटो रहेको भनी असार १८ गते पहिलो पटक ऋण लिनका लागि चौकिल्ला र बाटो सिफारिस लिए । पछि फेरि असार २५ गते उत्तर तर्फको चलनचल्तीको ग्रावेल बाटो रहेको भनी प्रमाणित लिए । 


    मालपोत कार्यालय नवलपरासीमा असार ३१ गते घरगोठ पास नलिई नन्दराम थारुको नाममा  रहेको १९ कठ्ठा ५ धुर जग्गा  सम्राट सिंह क्षेत्रीको नाउमा पास गरिएको छ । 


    नापिकार्यालय नवलपरासीले जग्गा किनबेच वा लेनदेन प्रयोजनका लागि आवश्यक पर्नै घर गोठ सिफारीस नलिई व्यक्तिको नाममा पास गरेको छ । जसका कारण जग्गा पास सिफारीस वापतको राजश्व छलि भएको छ । ३१० रुपैयाँ सामान्य सिफारिस रहेको उक्त जग्गाको घरगोठ सिफारिस बापतको बर्दघाट नगरपालिकाको मूल्याङ्कन ६ करोड ५२ लाख ५१ हजार ६ सय ८३ रुपैयाँ ९८ पैसा को ०.५ प्रतिशतले हुन आउने रकम ३ लाख २६ हजार २ सय ५८ रुपैया ४२ पैशा र यस आर्थिक वर्षको एकिकृत सम्पत्तिकर ७७ हजार ९ सय २० रुपैया रकम राजस्व छलि भएको छ ।

     
    यो विषय बाहिर आएसँगै खबरदारिका लागि नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामानन्द यादवको नेतृत्वमा साउन १८ गते मालपोत कार्यालय नवलपरासीमा बृहत् छलफल भयो । मालपोत कार्यालय अधिकृत दामोदर भण्डारीले छानबिन समिति बनाउने र सत्यतथ्य एक हप्ता मा बाहिर ल्याउने आश्वसन दिएसँगै टुङ्गिएको थियो । साउन २१ गते मालपोत अधिकृत बसन्त कार्कीको संयोजकत्वमा नासु विरबहादुर नेपाली र खरिदार झविन्द्र पाण्डेको सदस्यतामा ३ सदस्यि छानबिन समिति गठन भयो । 
    छानबिन समितीले साउन २६ गते कार्यालय समयभित्र आइसक्नु पर्ने गरी जग्गा बेच्ने नन्दराम थारु, जग्गा किन्ने सम्राट सिंह केसी, बर्दघाट नगरपालिका वडा नं. ५ को कार्यालय, भू सेवा केन्द्रका अमरदास पटेल र रजिस्टेशन  फाँटको २ मालपोत अधिकृत अर्जून तेली र जुनियर अफिसर नारायण ठटराइसँग  लिखित जवाफ माग गरेको थियो  । 


    बर्दघाट नगरपालिका वडा नं. ५ बाट वडा अध्यक्ष विमला गुरुङ्गसहित वडा सचिव शान्ती तिमिल्सीना, वडा सदस्यहरु शोभाकान्त लामिछाने र मिलन पाण्डेको टोली २६ गते मालपोत कार्यालयमा पुगेर आफ्नो लिखित जवाफ पेश गरेको छ । ‘जवाफमा शक्तिको आधारमा राजस्व हिनामिना गर्ने समूह र प्रलोभनमा परि आप्mनो दायित्व र जिम्मेवारी भुली पदिय मर्यादाविपरीत बैकिङ्क प्रकृयामा जग्गा मूल्याङ्कनको लागि दिइएको सामान्य बाटो प्रमाणितको सिफारिसलाई गलत व्याख्या गर्ने र कार्यालयभित्रको कर्मचारीबाट भएको गल्तीलाई संरक्षण गरी वडा कार्यालयलाई गलत कार्य गरेको भनी प्रमाणित गर्न खोजिएको दुस्प्रयास प्रति बडा कार्यालयको गम्भीर ध्यान आकर्षण भएको छ । साथै उक्त कार्यमा संलग्न मातहतका कर्मचारीलाई आवश्यक कारबाही गर्न भनी मागसहित वडा परिवार उपस्थित भएको व्यहोरा अनुरोध छ ।’ –स्पष्टीकरणमा उल्लेख छ । 


    असार ३१ गते कार्यालय समय पछाडि जग्गा पास गरिएको बताउँछन् नन्दराम चौधरी । उनी भन्छन् – ‘बाहिर आएको यी सबै कुरामा वडाको कुनै दोष छैन । भैरहवामा रहेका प्रशान्त अग्रवाल संग मेरो पहिचान रहेको थियो । अग्रवालले सम्राट सिंह क्षेत्रीको नाममा जग्गा पास गर्न पठाएको ले उनको नाममा पास गरिदिए । साँझ ७ बजे आसपासको समयमा पटेल लेखापढि को कार्यालयभित्र ल्याप्चे लगाउने काम गरेको हो । अरु पनि थिए तर को को हुन मैले चिनिन ।’


    वडा नं. ५ की वडा अध्यक्ष विमला गुरुङ्ग भन्छिन् –‘३ वर्ष भयो जनप्रतिनिधि भएर काम गरिरहेको अहिलेसम्म बाटो सिफारिसले जग्गा बेचबिखन भएको छैन, तर शक्तिको आडमा भएको जग्गा पास र कर छलिले फेरि पहँुच नपुग्ने गरिब निमुखाले मालपोतमा काम गर्दा सामान्य त्रृटि हुँदा सास्ती खेप्नुपर्ने, तर पैसाको बिटो भएपछि कागजात नपुगे पनि सहजै काम बन्ने परिपाटि छर्लङ्ग बाहिर आयो । वडाले यस्तो गलत काम लाई अन्देखा गर्न सक्दैनौं । जसरी हुन्छ यो गलत काम गर्ने कर्मचारी र विचौलियालाई सजाय दिलाउन लाग्छौं ।’


    उनले करछलिको कुरा बाहिर आएपछि नन्दराम कर तिर्नका लागि पटक–पटक वडा कार्यालयमा धाएको र मान्छे पठाउने काम गरेको बताइन् ।   जबसम्म मालपोत कार्यालयबाट दोषीलाई कार्बाही गरेको पत्र आउँदैन, तबसम्म जग्गाको काम अगाडि नबढाउने उनले बताइन् । 


    कम्प्यूटर अपरेटर तिलकराज हरिजनलाई असार ३१ गते कति बजेसम्म कार्यालयबाट सेवा दिनुभयो भन्दा थाहा छैन भन्दै उम्कन खोजे र खाजा खाने समय भयो भन्दै कार्यकक्ष बाट बाहिरिए । अर्का कम्यूटर अपरेटर पुष्पराज शर्मासँग बाटो प्रमाणित मात्रै लिएर आउँदा जग्गा पासको प्रक्रिया कसरी अगाडि बढाउनुहुन्छ भनेर प्रश्न गर्दा उनले घरगोठ प्रमाणित नआईकन आफूले अहिलेसम्म काम नगरेको बताए । वडा नं. ५ बाट आएको पत्र देखाएर यो पत्रको आधारमा बायो म्याट्रिक गर्नु हुन्छ भन्दा नमिल्ने बताए । बायो म्याट्रिक गरिएको फर्ममा प्रयोग कर्तामा अमरदास पटेल भूसेवा केन्द्र, तिलकराज हरिजन सर्भिस डेस्क, नारायण ठटराई जुनियर अफिसर र मालपोत अधिकृत अर्जून तेली  प्रयोगकर्ता र भूमिकामा देखिएका छन् । 


    असार मसान्तको समय भएको हुँदा कार्यालय समय पछाडि पनि काम गरिएको हुन सक्ने भन्छन्, मालपोत कार्यालयका खरिदार नारायण ठडराई । नेपाल सरकारले यही फर्मयाटमा जग्गा पास गर्नै पर्छ भनेर तोकेको छैन । बाटो खुलेको सिफारिस भएपछि जग्गा पास गर्न सकिने भन्दै उनी उम्कन खोजे । जग्गा दिने लिने दुवैको उपस्थिति भएर मात्रै पास गरिएको  मालपोत कार्यालयका नासु अर्जुन तेलीले बताए । उनले वडाले प्रयोजन नखुलाउनु वडाको कमजोरी रहेको भन्दै वडा कार्यालयलाई दोषी देखाए । 
    वडा सचिव शान्ति तिमिल्सिनाले वडा नं. ५ बाट वडा कार्यालयको  घर गोठको सिफारिससँगै मालपोत कार्यालयलाई सम्बोधन नगरेको पत्र वडाबाट आएको भए प्रमाण पेश गर्न चुनौती दिएकी छन् । मालपोतले गलत काम गर्ने, दोष वडालाई थुपार्न खोज्नुमा कर्मचारीको मिलेमतो रहेको स्पष्ट हुने उनी बताउँछिन् । 


    यस विषयमा मालपोत अधिकृत दामोदर भण्डारीसँग बुझ्न खोज्दा उनले छानबिन समितिलाई जिम्मा दिई सकेको हुँदा कुनै पनि धारणा नराख्ने बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij