२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ज्योति पुञ्ज मदरसा गौसियाको अध्यक्षमा मुसाफिर

ज्योति पुञ्ज मदरसा गौसियाको अध्यक्षमा मुसाफिर

ज्योति पुञ्ज मदरसा गौसियाको अध्यक्षमा मुसाफिर

ज्योति पुञ्ज मदरसा गौसियाको अध्यक्षमा मुसाफिर

ज्योति पुञ्ज मदरसा गौसियाको अध्यक्षमा मुसाफिर
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • भैरहवा । ज्योति पुञ्ज गौसिया रिजविया अहले सुन्नत नूरुल ओलूम धार्मिक संस्था मदरसाको अध्यक्षमा हाजी मुसाफिर अली निर्वाचित भएका छन । 

    संस्थाको १९ औँ साधारण सभा तथा ८ औ अधिवेशनबाट अलि सर्वसम्मत निर्वाचित भएका हुन । यस्तै संस्थाको उपाध्यक्षमा हाजी डा. सेराज आलम, सचिवमा मोहम्मद सलीम, सहसचिवमा हाजी मोहम्मद हसन अंसारी, कोषाध्यक्षमा जावेद अली, सह कोषाध्यक्ष नजाम साफी निर्वाचित भएको निर्वाचन आयुक्त प्रदिप यादवले बताए । 

    यस्तै समितिको सदस्यमा मौलाना सिद्धिक खाँ, अफाक अलि, सलाहुद्दीन खाँ, नसरुद्दप्न पठान, रमजान मुसलमान, मोविन मुसलमान, हसनरजा मुसलमान, तुफैल पठान र एकराम हुुसैन निर्वाचित भएका छन । यस्तै ३ सदस्यीय लेखा समितिमा अब्दुल रशीद पठानको संयोजकत्वमा सगीर आलम र सलाहुद्दीन खान सदस्ये गठन गरेको छ ।  

    २०५८ सालमा स्थापित मदरसाले धार्मिक शिक्षासँगै मुलधारको शिक्षा प्रदान गर्दै आएको छ ।सिद्धार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिद्धार्थनगर ७ का वडा अध्यक्ष दामोदर शर्मा , हकीकुल्लाह खां, बद्रे आलम , फैज अहमद खां, मदरसाका प्रधानाध्यापक हाजी सूफी मोहम्मद सिद्दीक खां ,मोजीब अली लगायतले मदरसाको विकास र नयाँ समितीलाई सफल कार्यकालको शुभकामना दिएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij