२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जापानिज इन्सेफ्लाइटिसबाट नवलपरासीमा एक जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट नवलपरासीमा एक जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट नवलपरासीमा एक जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट नवलपरासीमा एक जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट नवलपरासीमा एक जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट सर्ने रोग जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । मध्यबिन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।

    “जिल्लामा चालु आर्थिक वर्षमा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकामध्ये एक जनाको निधन भएको छ,” उनले भने, “बाँकी तीनजना उपचारपछि घर फर्किसक्नुभएको छ ।”

    साउनमा मात्र जिल्लामा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको हो । बिरामीमध्ये तीनजना कावासोती नगरपालिकाका हुन् । जसमध्ये वडा नम्बर १ की ४४ वर्षीया महिला, वडा नम्बर ३ की ८३ वर्षीया महिला र वडा नम्बर ६ का ५२ वर्षीय पुरुष रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताए ।

    “तीन जना संक्रमितहरू उपचारपछि घर जानुभएको छ । संक्रमितहरूको घरपरिवारका सदस्यलाई लक्षण भए/नभएको निगरानी गरिएको छ,” उनले भने, “संक्रमितहरूको घरपरिवारमध्ये पाँच जनाको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ ।”

    जिल्लामा पछिल्लो वर्ष जापानिज इन्सेफ्लाइटिस संक्रमितको संख्या बढ्दै गएको छ । यसको लक्षण देखिएका बिरामीहरूको नमुना संकलन गरी परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु पठाइएको ल्याब टेक्निसियन तिवारीले जानकारी दिए ।

    “मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डाबाट एक, विनयी त्रिवेणी आधारभूत अस्पतालबाट एक र संक्रमितका घरपरिवारका पाँचजना गरी सात जनाको नमुना संकलन गरी परीक्षणका लागि टेकु लगिएको छ,” उनले भने ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आर्थिक वर्ष २०७९/८० मा सात जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा देखिन्छ । त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा आठ जनामा संक्रमण भएकामध्ये एक जनाको मृत्यु भएको थियो । गत आव २०८१/८२ मा दुई जनामा संक्रमण भएकामध्ये दुवै जना उपचारपछि निको भएका थिए ।

    जिल्लामा चालु आवको सुरुवातमै यो रोग देखिएपछि स्थानीय तहबाट जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख शैलेन्द्रकुमार सिंहले बताए ।

    “जापानिज इन्सेफ्लाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टेहरू मध्यम आकारका, खैरो रङका र पेटतिर सेतो चिह्न भएका हुन्छन् । तिनले प्रायः घाम ढल्किएपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन्,” उनले भने, “विशेषगरी धान बालीमा जमेको पानी यो लामखुट्टेको प्रमुख बासस्थान हो । साउन, भदौ र असोजमा जापानिज इन्सेफ्लाइटिस बढी देखिने गर्दछ ।”

    यो रोगबाट धेरै व्यक्तिहरू गम्भीर बिरामी नभए पनि केहीको गम्भीर अवस्था सिर्जना भई दिमागलाई असर गरी मृत्यु हुने गरेको प्रमुख सिंहले बताए ।

    “यो रोग लाग्दा धेरैजसोलाई ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी कडा हुने, टाउको दुख्ने वा कमजोरी देखिन्छ,” उनले भने, “यस रोगका खतराका लक्षणहरू छारे रोग, पक्षघात र अचेत हुनु पनि रहेको छ ।”

    विश्वभर प्रत्येक वर्ष ५० हजारभन्दा बढी जापानिज इन्सेफ्लाइटिस संक्रमित हुने गरेको तथ्यांक छ । जसमध्ये १० देखि १५ हजार संक्रमितको ज्यानसमेत जाने गरेको छ । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij