२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दुर्गा प्रसाईंले गरे राजनीतिक दल खोल्ने घोषणा

दुर्गा प्रसाईंले गरे राजनीतिक दल खोल्ने घोषणा

दुर्गा प्रसाईंले गरे राजनीतिक दल खोल्ने घोषणा

दुर्गा प्रसाईंले गरे राजनीतिक दल खोल्ने घोषणा

दुर्गा प्रसाईंले गरे राजनीतिक दल खोल्ने घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • बुटवल । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाऊ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।  सोमबार भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गरेर प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन्। 

    'यसका लागि वर्तमान शासन प्रणाली बमोजिम राजनीतिक दल गठन गर्नुपर्ने अनिवार्य छ। तसर्थ राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक दल गठन गर्ने निश्चय गरेको छु,' उनले भने।   उनले  एक व्यवसायी राजनीतिमा संलग्न हुने रहर नभई बाध्यता रहेको पनि बताए। 

    'राजनीतिले विगारेको यो राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा सुधारका लागि राजनीतिमा संलग्न हुनु हामी बाध्य भएका छौं। तसर्थ मुलुक र मुलुकवासीको अवस्था परिवर्तनका लागि राष्ट्रिय, स्वाभिमान, स्थिर, रोजगारी सुशासन राष्ट्र राष्ट्रियता धर्मसंस्कृति तथा नागरिकको रक्षाका लागि म लगायत हाम्रो अभियानका साथीहरूले राजनीतिक दल खोली राजनीतिमा संलग्न हुने अठोट गरेका छौं,' उनले भने। 

    प्रसाईं राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' पनि हुन्। उनको नेतृत्वमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने निजी घर, जडिबुटी प्रशोधन केन्द्र, पार्टी कार्यालय र सरकारी गाडीमा आगजनी भएको थियो।

    प्रसाईं चैत १५ गते अपराह्नदेखि सम्पर्कविहीन थिए। भारतबाट स्वदेश ल्याएर उनीमाथि मुद्दा चलाइएको थियो। उनले धरौटीमा छुटेको केही समयपछि आज पत्रकार सम्मेलन गरेका हुन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij