२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देहीकाे तिलाेत्तमा कार्य सम्पादनमा देशकै दोस्रो, लुम्बिनीमा पहिलो

रुपन्देहीकाे तिलाेत्तमा कार्य सम्पादनमा देशकै दोस्रो, लुम्बिनीमा पहिलो

रुपन्देहीकाे तिलाेत्तमा कार्य सम्पादनमा देशकै दोस्रो, लुम्बिनीमा पहिलो

रुपन्देहीकाे तिलाेत्तमा कार्य सम्पादनमा देशकै दोस्रो, लुम्बिनीमा पहिलो

रुपन्देहीकाे तिलाेत्तमा कार्य सम्पादनमा देशकै दोस्रो, लुम्बिनीमा पहिलो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ( लिसा) को आर्थिक वर्ष २०८०÷०८१ को नतिजामा कार्यसम्पादनमा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको छ ।

    सङीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार प्रकाशित सूचनामा तिलोत्तमा नगरपालिकाले कार्यसम्पादन नतिजामा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको उल्लेख गरिएको छ । तिलोत्तमाले अघिल्लो आर्थिक वर्ष कै दोस्रो स्थानलाई यर्थावत कायम राखेको नगरपालिकाले जनाएको छ । 

    गाउंपालिका, नगरपालिकाको कार्यप्रकृया र उपलब्धीको लेखा जोखा गरी शासकिय प्रकृया र विकास व्यवस्थापनमा गर्नु पर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानिय सरकार बीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानिय तह संस्थागत क्षमता स्वमूल्याकंनको आर्थिक वर्ष २०८०। ०८१ को नतिजाको गुणस्त्तर परिक्षणको कार्य आर्थिक वर्ष ०८१।०८२ मा सम्पन्न भएको हो । 

    तिलोत्तमा संगै गुल्मीको रुरुक्षेत्र गाउंपालिका  छैटौ स्थानमा छनोट भएको छ । त्यस्तै चितवनको खैरहनी नगरपालिका  प्रथम भएको छ । अघिल्लो आर्थिक वर्षमा प्रथम भएको धादिङको नीलकण्ठ नगरपालिका यस पटक तेस्रो भएको छ । त्यस्तै स्याङजाको अर्जुन चौपारी गाउंपालिका चौथो र धादिङकै बेनीघाट गाउंपालिका पांचौस्थानमा छनोट भएको छ ।  

    छनौट भएका पालिकाहरुलाई यही भाद्र ६ गते सङीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलको सभाहलमा सङीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सम्मान गर्ने कार्यक्रम मन्त्रालयले तय गरेको छ । सम्मान लिनका लागि छनोटमा परेका पालिकाहरुवाट नगर प्रमुख वा पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई निमन्त्रण गरिएको छ ।

    यो सफलता प्राप्तिका लागि  योगदान पुर्याउनु हुने सबै जनप्रतिनिधीहरु, प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, सम्पूर्ण कमचारीहरु ,आम तिलोत्तमा नगरवासी आमा बुबा दाजु– भाइ  तथा दिदीबहिनीहरू विभिन्न संघसंस्था एवं संचारकर्मीहरु प्रति नगर प्रमुख रामकृष्ण खांणले आभार व्यक्त गरेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij