२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सकारात्मकताका साथ अघि बढौँ, केही गरौँ : प्रधानमन्त्री

सकारात्मकताका साथ अघि बढौँ, केही गरौँ : प्रधानमन्त्री

सकारात्मकताका साथ अघि बढौँ, केही गरौँ : प्रधानमन्त्री

सकारात्मकताका साथ अघि बढौँ, केही गरौँ : प्रधानमन्त्री

सकारात्मकताका साथ अघि बढौँ, केही गरौँ : प्रधानमन्त्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य निर्माण हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

     

    सिस्नुपानी नेपालको प्रस्तुती ‘जुरुक्क कर्णाली’ कार्यक्रमलाई विहीबार बेलुका सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका कामहरुको चर्चा हुन नसकेको बताएका हुन् । उनले सधैं नकारात्मक भाष्य सिर्जना गर्ने र भएका कामहरुको चर्चा नगर्ने परिपाटी विकसित भइरहेको बताए । सबै सकारात्मकताका साथ अघि बढ्ने हो भने देश बन्न समय नलाग्ने उनको भनाइ छ ।

     


    प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो अलिकित नकारात्मक एटिट्युड बनेको छ । त्यसकारण सकारात्मक सोचको विकास गरौँ । सकारात्मकताका साथ अघि बढौँ । केही गरौँ ।’

     

    आफूमाथि गरिएका व्यंग्यहरु केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको जस्तो रहेको उनले टिप्पणी गरे । कर्णालीका लागि आफूले केही मानिसहरुले गर्नुभएको योगदान बाहेक प्रतिष्पर्धा गर्नसक्ने कामहरु गरेको जिकिर गरे ।

     

    ‘मलाई अघि राखेर गरिएका व्यंग्यहरु कस्तो भने केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको जस्तो लाग्यो । पर्सनल्ली पनि कसले कति गरेको छ, कर्णालीको लागि भन्ने म त टाढाकै मान्छे हुँ, झापाको एउटा कुनाको मान्छे,’ उनले भने, ‘केही साथी मात्रै अघि जानुहोला नत्र प्रतिष्पर्धामा पर्दछु । हामी भन्नेमात्रै होइन, गर्ने पनि पर्छौं ।’

     

    प्राकृतिक ग्याँसको खोजी गर्नुपर्छ, ग्याँस पाइनसक्छ भन्दा उडाउनेहरुले अहिले ग्याँस पाइएपछि पनि विरोध गरिरहेको उनले गुनासो गरे । ‘ग्याँसको खोजी गर्नुपर्छ, ग्याँस पाइनसक्छ भन्दा उडाउनेहरु थुप्रै थिए । आज ग्याँस पाइयो,’ उनले भने, ‘ग्याँस पाइयो, चर्चा नै नगर्ने, विश्वविद्यालय बन्यो चर्चा नै नगर्ने, कोही सुत्केरी हुँदा हेलिकप्टरबाट ल्याएको नदेख्ने, बाटो बन्यो, चर्चा नै नगर्ने ।’

     

    प्रधानमन्त्री ओलीले कर्णाली बनाउनका लागि कमजोरीहरु सुधारेर अघि बढ्ने बताए । ‘बन्छ कर्णाली, बनाउनुपर्छ । उठ्छ कर्णाली,’ उनले भने, ‘कमजोरी होलान्, सुधार गरेर जानुपर्छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij