२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ब्रिटिस ग्रामर स्कुलमा सुपर प्यारेन्ट्स तीज डान्स :  विद्यार्थी र महिला अभिभावकले देखाए नृत्यकला

ब्रिटिस ग्रामर स्कुलमा सुपर प्यारेन्ट्स तीज डान्स :  विद्यार्थी र महिला अभिभावकले देखाए नृत्यकला

ब्रिटिस ग्रामर स्कुलमा सुपर प्यारेन्ट्स तीज डान्स :  विद्यार्थी र महिला अभिभावकले देखाए नृत्यकला

ब्रिटिस ग्रामर स्कुलमा सुपर प्यारेन्ट्स तीज डान्स :  विद्यार्थी र महिला अभिभावकले देखाए नृत्यकला

ब्रिटिस ग्रामर स्कुलमा सुपर प्यारेन्ट्स तीज डान्स  :  विद्यार्थी र महिला अभिभावकले देखाए नृत्यकला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र ७ २०८२
शनिवार, भाद्र ७ २०८२
  • तिलोत्तमा ।  ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित  ब्रिटिस ग्रामर स्कुल (साविकको नमस्ते एकेडेमी) मा  हरितालिका तीज पर्वको पावन अवसरमा  विविध  साँस्कृतिक कार्यक्रम ,सुपर प्यारेन्ट्स तीज डान्स सहित तीज महोत्सव सम्पन्न  भएको छ।
     
    हिन्दु धर्मावलम्बी नेपाली नारीहरुको सबैभन्दा ठूलो  मौलिक  पर्वका रुपमा रहेको तीजलाई विशेष बनाउने , विद्यार्थीलाई तीज पर्वबारे जानकारी गराउने र अभिभावकमा रहेको साँस्कृतिक  चेतलाई प्रस्फुटित गराउँदै बालबालिका , अभिभावक र विद्यालयका बिचमा मैत्रीपूर्ण भावना सृजना गर्ने लक्ष्यका साथ कार्यक्रम  गरिएको  विद्यालयले जनाएको छ ।
    यस्तै हराउँदै  गएका मौलिक भेषभुषा , संस्कृति  र पहिचानको जगेर्ना  गर्न विशेष  भूमिका निर्वाह गर्ने भएकाले यो कार्यक्रम  विशेष  हुने  ब्रिटिस एजुकेसन  ग्रुपका कन्ट्री डाइरेक्टर तथा स्कुल हेड अरुण कँडेलले जानकारी दिए । साहित्य र संस्कृति  समाजका ऐना हुन् बालबालिका  यसका बिम्ब हुन् यस्ता कार्यक्रमले विद्यार्थीलाई सृजनशील बनाउँछ, जीवन  बुझाइ सफलताको  बाटो पहिल्याउंछ त्यसैले यो कार्यक्रम आयोजना गरिएको कँडेलले भने । 

    तीज महोत्सवको पहिलो सत्रमा ब्रिटिस ग्रामर स्कुलका प्रिरिप्राइमेरी देखि कक्षा  दससम्मका विद्यार्थीले तीज गीत , नृत्य  र भेषभुषा , कला संस्कृति  प्रस्तुत गरेका थिए भने दोस्रो  सत्रमा अभिभावकले आफ्ना सन्ततीसहित नृत्य तथा संस्कृति  प्रस्तुत  गरेको कार्यक्रम  संयोजक रोमा शर्माले बताइन ।  

    सुपर प्यारेन्टस डान्स कम्पिटिसनमा प्रिप्राइमेरीदेखि कक्षा १० सम्मका ५० भन्दा बढी प्यारेन्टको नृत्यमासहभागीता र चार सय बढी अभिभावकको उपस्थिति  रहेको थियो । अभिभावकहरु आफ्ना बालबालिकासँगै नृत्य  गरेर स्वयम्  आफ्नो प्रतिभा , छोराछोरीसितको सामिप्यता व्यक्त  गरेका थिए । सुपर प्यारेन्टस हरुलाई मायाको चिनो र दरसहित सम्मान गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।
    विद्यालयका संस्थापक प्राचार्य  राजेन्द्र कुँवरको अध्यक्षता, विद्यालयकी निर्देशक पुष्पा कँडेल तथा स्कुल हेड अरुणकुमार  कँडेलको विशिष्ट  आतिथ्यता रहेको महोत्सवमा  तहगत रुपमा कक्षा पिजीदेखि दससम्मका विद्यार्थीले कार्यक्रम  सञ्चालन गरेका थिए भने   समन्वय शिक्षिका अम्बिका अर्याल , पूजा थापा र बसन्ता कोइरालाले गरेका थिए ।
    मोफसलको एक मात्रै  प्रोग्रेसिभ तथा क्यम्ब्रिज विद्यालयको रुपमा रहेको यस विद्यालयमा दैनिक  रुपमा पिरियड गत रुपमा अतिरिक्त  कृयाकलाप सहित पठन पाठन हुने गर्दछ । आगामी  आइतबार पनि कक्षा ११ मा अध्ययनरत विद्यार्थीको स्वागत र कक्षा १२ उत्तीर्ण  विद्यार्थीको ग्रेजुएसन कार्यक्रम  टाइगर प्यालेस बाइ सोल्टीमा राखिएको छ । यस वर्षको  कक्षा १२ को व्यवस्थापन  संकायको नतिजा सत प्रतिशत र विज्ञान संकायको छयानब्बे  प्रतिशत ल्याई तिलोत्तमा नगरपालिका  प्रथम भएको सहप्राचार्य उमेश कँडेल र महेश पौडेलले  जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij