२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकङ्नमा तानसेन र रिब्दीकोट उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकङ्नमा तानसेन र रिब्दीकोट उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकङ्नमा तानसेन र रिब्दीकोट उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकङ्नमा तानसेन र रिब्दीकोट उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकङ्नमा तानसेन र रिब्दीकोट उत्कृष्ट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • पाल्पा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्व : मूल्याकंन नतिजा २०८०-०८१ मा पाल्पाबाट तानसेन नगरपालिका र रिब्दीकोट उत्कृष्ट भएका छन् ।  तानसेन नगरपालिकाले ८८.२५ अंक प्राप्त गरी जिल्लाका १० स्थानीयतहमध्ये पहिलो भएको छ । स्थानीय तह स्वमूल्याकंनमा लुम्बिनीका १८ नगरपालिका मध्ये तानसेन नगरपालिका तेस्रो भएको छ भने देशभरीमा १०आंै स्थान प्राप्त गरेको छ । तानसेन नगरपालिकाले आ.व. ०७९- ०८० मा ८३ अंक प्राप्त गरेकोमा २०८०-०८१ मा ५.२५ अंक वृद्धि गरेको छ । 


    गत वर्षभन्दा मूल्याकंनका सबै सूचकहरुमा सुधार गरेको नगरवासीको सेवा प्रवाहमा चुस्त, दुस्त पारदर्शी बढाएको, सामाजिक समावेशीकरणमा ध्यान दिएको, ३ वटै सरकारका भौतिक पूर्वाधारकामा काममा ध्यान दिएको, वातावरण विपद् व्यवस्थापन ध्यान दिएको र सबैसँग सहकार्य गरेर काम गरेको कारण नतिजा राम्रो आएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । 


    यसैगरी जिल्लाको ८ गाउँपालिकाअन्तरगत रिब्दीकोट गाउँपालिका पाल्पा प्रथम भएको छ । लुम्बिनी प्रदेशका ७३ गाउँपालिकामध्ये दोस्रो र देशभरीका ४६० गाउँपालिकाअन्तरगत स्थानीय तह स्वमूल्याकंनमा रिब्दीकोट गाउँपालिका पाँचौ भएको हो  ।

    रिब्दीकोटले स्वमूल्याकंनको  अन्तिम मूल्याकंनमा  ८७.७५ अंक प्राप्त गरेको छ । रिब्दीकोटले आ.व. ०७९-  ८० मा ७४.२५ अंक प्राप्त गरेकोमा यस पटक १३.५० अंक बढी प्राप्त नतिजामा सुधार गर्दै लुम्बिनी प्रदेशमा उत्कृष्ट  गाउँपालिका भएको हो ।  गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले सुशासन, विकास निर्माण, भौतिक पूर्वाधार, बजेट निर्माण तथा कार्यान्वयन, नागरिक सेवा प्रवाहमा योजनाबद्ध रुपमा कार्ययोजनाका साथ काम गर्दै गएको कारण प्रत्येक वर्ष स्वमूल्याकंन नतिजामा सुधार गर्दै जनताको सेवा सुविधालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।  


    स्थानीयतह स्वमूल्याकंनमा लुम्बिनी प्रदेशका १८ नगरपालिकामध्ये तिलोत्तमा प्रथम र देवदह नगरपालिका द्वितीय र तानसेन नगरपालिका तृतीय भएका छन् भने ७६ गाउँपालिकाअन्तरगत रुरु क्षेत्र गाउँपालिका पहिलो, रिब्दीकोट गाउँपालिका दोस्रो भएका हुन् । 


    यसैगरी बगनासकाली गाउँपालिका तेस्रो भएको छ । बगनासकालीले ८५.२५ अंक प्राप्त गरेको छ । रम्भा गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका  ८४.७५ अंक प्राप्त गरी चौथो भएको छन । यसैगरी रामपुर नगरपालिकाले ८०.२५ अंक, तिनाउँ गाउँपालिका ७६.७५ अंक, निस्दी गाउँपालिका ७६.५०, पुर्वखोला ७५.२५ र माथागढी गाउँपालिका ७३.७५ अंक पाएका छन् । 


    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीयतह स्वमूल्याकंनमा फाराम आफैँ भर्ने र प्रमाणको आधारमा तोकिएको नम्बर दाबी गर्दछन् र मन्त्रालय रुजु तथा चेकजाँच परीक्षण गरेर वास्तविक अंक सार्वजनिक गर्दै आएको छ । 


    मन्त्रालयले, शासकीय प्रवन्धमा ९ अंक,  संगठन तथा प्रशासनमा ८ अंक,  वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ११ अंक,  वित्तीय आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्रवाहमा १६ अंक, न्यायिक कार्यसम्पादनमा ७ अंक, , भौतिक पूर्वाधारमा १३ अंक, सामाजिक समावेशीकरणमा ९ अंक,  वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ९ अंक र सहकार्य र समन्वयमा ७ अंक गरी १०० अंकभार दिएको छ । समग्र स्थितिमा २१ प्रतिशत, प्रक्रियागत स्थितिमा ३४ प्रतिशत र परिणात्मक स्थितिमा ४५ प्रतिशत अंक भार निर्धारण गरेको छ । 


    स्थानीयतह संस्थागत क्षमता स्वमूल्याकंनको कारण सेवा प्रवाहमा चुस्त दुस्त, शुसासन जवाफदेहिता, पारदर्शीता, समयमै योजनाबद्ध काम, भएका कामहरुको मूल्याकंन, अनुगमन तथा नागरिक तथा सामाजिक परीक्षण जस्ता कामहरुममा वृद्धि भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij