२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ । विभागले यसका लागि ‘भ्वाइस कल’ सेवा सुरु गर्ने तयारी गरेको हो ।

     

    बाढी आउने खतरा देखिएमा एसएमएसमार्फत सन्देश प्रवाह गर्दै आएको विभागले अबदेखि भने ‘भ्वाइस कल’मार्फत पनि पूर्वसूचना सम्प्रेषण गर्ने तयारी थालेको हो ।

     


    विभागका बाढीविद् विनोद पराजुलीले नेपाल टेलिकमसँगको सहकार्यमा विभागले यही सातादेखि परीक्षणका रूपमा ‘भ्वाइस कल’मार्फत सूचना प्रवाह गर्ने तयारी गरिरहेको जानकारी दिए । ‘मोबाइल एसएमएस सबै लक्षित वर्गमा पठाएर बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण प्रयास गर्दै आएका थियौँ। तर सबै जनताले एसएमएस आएको थाहा नपाउन सक्छन् वा सबैले एसएमएस पढ्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले फोन नै गरेर सन्देश प्रवाह गर्ने तयारी गरेका हौँ।’

     

    एकैपटक धेरैलाई ‘भ्वाइस कल’ गर्दा सेवा अवरुद्ध कति हुन्छ रु भन्ने विषयमा थप परीक्षण गर्दैछौँ । यही साता परीक्षण गर्ने तयारीका साथ छलफल भइरहेको छ।’

     

    पराजुलीका अनुसार बाढीसम्बन्धी पूर्वसूचना उपलब्ध गराएपछि बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण हुन थालेको छ । पूर्वसूचनालाई थप प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा थप लगानी आवश्यक पर्ने उनको भनाइ छ।

     

    ‘पछिल्लो समय पूर्वसूचनाका कारण धनजनको क्षति न्यून भएको छ । पहिला–पहिला तराईमा बाढीका कारण बढी क्षति पुग्थ्यो । पूर्वसूचना प्रणाली पनि तराईका नदीमा जडान भएका छन्,’ पराजुलीले भने, ‘तर पहाड र हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली कम छन् । बाढीका घटना पहाड र हिमालमा पनि हुन थालेकाले अब ती क्षेत्रमा पनि पूर्वसूचना प्रणाली जडान गर्न आवश्यक छ।’

     

    जलवायु तथा विपद् व्यवस्थापनविद् डा।धर्मराज उप्रेतीले पनि जलवायु परिवर्तनको असरका कारण बाढीको घटना अब तराई केन्द्रित मात्र नभइ हिमाल तथा पहाडी क्षेत्रमा बढ्दै गएको भन्दै सोअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

     

    ‘बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न पूर्वसूचनाको पहुँच अब सबै क्षेत्रमा हुनुपर्छ’, उनले भने । उप्रेतीका अनुसार जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम बढिरहेको छ र जसका कारण एक्कासि बाढी आउँदा धनजनको क्षति हुन थालेको छ।

     

    ‘जोखिममा रहेका हिमताल क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सकेमा सम्भावित क्षति न्यूनीकरण हुनसक्छ । एसएमएस मात्र नभइ ‘भ्वाइस कल’ ले अझ प्रभावकारी बनाउन सक्छ,” उनले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij