२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले रुपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने भएको छ । कात्तिक १७ मा हुने उपनिर्वाचनमा अन्य दलसँग चुनावी गठबन्धन नगर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले अन्य दलको उम्मेदवारलाई समर्थन नगर्ने जानकारी गराए ।

    ‘हामी आफ्नै उम्मेदवार उठाउँछौं । अरु दलसँग गठबन्धन गर्दैनौं,’ जिसीले भने, ‘हामीले केन्द्रलाई पनि यही भनेका छौं । माओवादी केन्द्रकै उम्मेदवार हुनुपर्ने र यही क्षेत्रको हुनपर्ने कुरा पनि पार्टी केन्द्रसँग गरेका छौं ।’ अन्य दललाई समर्थन नगर्ने माओवादी केन्द्रको बटमलाइन रहेको जिसीले बताए ।

    यसअघिका दुई निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार यस क्षेत्रमा थिएनन् । गत दुई निर्वाचनमा माओवादी केन्द्रका मतदाताले हसिँया हथौडामा त दिन नपाएको उल्लेख गर्दै जिसीले भने, ‘हसियाँ हथौडामा नै मत दिन पाउनुपर्ने कुरा केन्द्रलाई भनेका छौं ।’

    राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन भएको हुँदा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको छ । उपनिर्वाचनका लागि दलहरू र स्वतन्त्र उम्मेदवारहरूले प्रचार सुरु समेत गरिसकेका छन् ।

    मुख्य दलहरूमा एमालेबाट उम्मेदवार हुनका लािग चार आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको छ । रास्वपाले आकांक्षी ९ बाट भदौ १५ गते उम्मेदवार छनोट गर्ने भएको छ । कांग्रेसले तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गरिसकेको छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij