२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रविको निवेदनमा कैफियत प्रतिवेदनसहित सक्कल मिसिल झिकाउने आदेश

रविको निवेदनमा कैफियत प्रतिवेदनसहित सक्कल मिसिल झिकाउने आदेश

रविको निवेदनमा कैफियत प्रतिवेदनसहित सक्कल मिसिल झिकाउने आदेश

रविको निवेदनमा कैफियत प्रतिवेदनसहित सक्कल मिसिल झिकाउने आदेश

रविको निवेदनमा कैफियत प्रतिवेदनसहित सक्कल मिसिल झिकाउने आदेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • बुटवल ।  सहकारी ठगी र संगठित अपराधमा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको निवेदनमा उच्च अदालतले कैफियत प्रतिवेदनसहित सक्कल मिसिल झिकाउने आदेश गरेको छ । 

    न्यायाधीश सागर विष्टको एकल इजलासमा परेको निवेदनमा प्रारम्भिक सुनुवाई पछि कैफियत प्रतिवेदनसँगै सक्कल मिसिल झिकाउने आदेश भएको उच्च अदालत तुलसीपुरको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध अभियोगमा लामिछाने चैत २२ देखि पुर्पक्षका लागि थुनामा छन् । 

    सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा रुपन्देही जिल्ला अदालतले गत माघ १३ गते एक करोड धरौटी हुने आदेश गरेको थियो । उक्त आदेश बदर गरी साधारण तारेख माग रविले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए । उनको निवेदनमा उच्च अदालतले रविलाई चैत २२ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । 

    सर्वोच्चले जेठ ९ गते उच्चको आदेश सदर गर्दै रविलाई थुनामै राख्नुपर्ने आदेश गरेको थियो । सर्वोच्चले नौ बुँदामा दिएको आदेशमा रवि दोषी हूने आधार बलिया देखिएकाले थुनामा राख्ने उच्च अदालतको आदेश सदर हुने भनिएको थियो । सर्वोच्चको आदेशपछि जेल सार्नका लागि निवेदन दिएका रविले जेल सार्न गरिएको आग्रह लागू नभएपछि अदालतबाटै आदेश लिएका थिए ।

    त्यसपछि उनले आफ्नो भागको बिगो धरौटी राखेर थुनामुक्त हुने माग गर्दै रुपन्देही जिल्ला अदालतमा पुनः निवेदन दिएका थिए । उनको निवेदनमा न्यायाधीश नारायण सापकाटोको इजलासले गत साउन २६ मा सर्वोच्चले व्याख्या गरिसकेको कानुनको दफामा पुनः तल्लो तहबाट व्याख्या हुनसक्ने भन्दै थुनामुक्त नहुने आदेश गरेको थियो ।

    उक्त आदेशमा उनको बिगो एकिन नभएको, उनको मुद्दामा अभियोग खण्डित भएर सफाइ पाउने तहको नयाँ प्रमाण फेला समेत नपरेको अवस्थामा मिलापत्र वा धरौटीमा रिहाइको अवस्था नरहेको पनि स्पष्ट पारेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij