२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ओलीले विद्यालाई भने– एमालेमा आएर अध्यक्ष बन्न सम्भव छैन, अनुभव छैन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कडा टिप्पणी गरेका छन् । भण्डारीले पार्टी सदस्यताका लागि निवेदन नै नदिएको उनको दाबी छ । 

    “च्यासलले सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन । पार्टीमा निवेदन दिनु भएको छैन । प्रकृया मिलेन,”  ओलीले भने, “सदस्यता नवीकरण हुँदैन, पार्टीले निर्णय गर्नुपर्छ ।”

    विधान अधिवेशनका प्रतिनिधिहरूलाई बुधबार बालुबाटारमा प्रशिक्षण दिँदै ओलीले बालुवाटार बोलाउँदा भण्डारी आफूलाई भेट्न पार्टी कार्यालय पुगेको भन्दै असन्तुष्टि जनाएको काठमाडौं एमाले जिल्ला अध्यक्ष दीपक निरौलाले बताए । 

    ओलीले भण्डारीलाई राजनीतिमा नआउन पुनः सुझाव दिए । ओलीले भण्डारीले आफूलाई सहयोग गर्न भन्दै तपाईं पार्टी चलाउन सक्नुहुन्न भनेको सुनाए । ओलीले नेकपा एमालेमा आएर अध्यक्ष हुन सम्भव नरहेको बताए । 

    “मैले भ्रममा नरहन भनेँ । अनुभव छैन भनेँ । चुनाव लड्ने त भन्नुभयो । यो पार्टीमा चुनाव लड्नु पर्दैन भनेँ,” ओेलीले भने, “पूर्वराष्ट्रपति भएको व्यक्ति अशोभनीय गतिविधि गर्नु भएन ।” 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij