२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पाँचौपटक विष्णु पौडेल अर्थमन्त्री

पाँचौपटक विष्णु पौडेल अर्थमन्त्री

पाँचौपटक विष्णु पौडेल अर्थमन्त्री

पाँचौपटक विष्णु पौडेल अर्थमन्त्री

पाँचौपटक विष्णु पौडेल अर्थमन्त्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ३२ २०८१
सोमवार, आषाढ ३२ २०८१
  • बुटवल। नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णु पौडेल पुनः उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । सोमबार पदभार सम्हालेसँगै अर्थमन्त्रालयमा उनको पाँचौ पटकको प्रवेश हो ।


    पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या स्थायी सरकार गठन भएसँगै समाधान हुँदै जाने विश्वास व्यक्त गरे । सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक नबन्ने समेत उनले प्रष्ट पारे । यदि बाधा देखिए कसरी फुकाउने भनेर कानूनी र संवैधानिक व्यवस्थाका आधारमा संशोधन प्रक्रियामा जाने पनि उनले सुनाए ।

    अर्थमन्त्री पौडेलले शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा रहेकाले यो क्षेत्र सन्तुलित ढङ्गले अघि बढोस् भन्ने आफ्नो चाहना रहेको बताए । पौडेलले विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

    यसअघि पार्टी अध्यक्ष केपी ओलीसँगै उनी तीनपटक अर्थमन्त्री बनेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा पनि उनी अर्थमन्त्री बने । २०७२ मा ओली प्रधानमन्त्री बन्दा पहिलोपटक अर्थमन्त्री बनेका थिए थिए पौडेल । ओलीको दोस्रो कार्यकालमा सुरूमा युवराज खतिवडा थिए । खतिवडा बाहिरिएपछि बाहिरिएपछि २०७७ मा पौडेलले नै अर्थ मन्त्रालय सम्हालेका थिए ।

    २०७८ वैशाखमा प्रधानमन्त्री ओलीले राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका थिए । सोही कार्यकालमा उनी उपप्रधानमन्त्री पनि भएका थिए । ०७९ पुसमा उनी प्रचण्डसँग अर्थमन्त्री भएका थिए । पौडेल २०५३ मै पहिलो पटक मन्त्री भएका थिए ।

    हुन त पौडेल अर्थतन्त्रका विषय विज्ञ होइनन तर पनि उनले दिने अभिव्यक्तिले नै निजी क्षेत्रलाई र लगानीकर्तालाई आत्मविश्वास दिने गरेको लगानीकर्ताहरू बताउँछन् ।

    यो पटक पनि कांग्रेस-एमाले गठबन्धनपछि एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने सम्भावनाको चर्चासँग पहिले झैँ सबैभन्दा बढी खुसी शेयर लगानीकर्तामा देखिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij