२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पुस्तकालय दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

पुस्तकालय दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

पुस्तकालय दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

पुस्तकालय दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

पुस्तकालय दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १४ २०८२
शनिवार, भाद्र १४ २०८२
  • बुटवल । १८ औँ राष्ट्रिय पुस्तकालय दिवस पूर्व सन्ध्यामा बुटवल उपमहानगरपालिका सुख्खानगर, बुटवल ८ रुपन्देहीमा रहेकोश्री ज्ञानज्योति पुस्तकालयको आयोजनामा रूपन्देही जिल्ला स्तरीय आधारभूत तह अन्तर्गत १–५ सम्म अध्ययनरत विद्यार्थीहरू बीच हाजिरी जवाफ प्रतियोगिता मणिमुकुन्द माध्यमिक विद्यालय बुटवल ११ रूपन्देहीको कार्यक्रमहलमा सम्पन्न भएको छ ।

    पुस्तकालयले प्रत्येक वर्ष नियमित रुपमा मनाउदै आएको उक्त पुस्तकालय दिवस यस वर्ष पनि नियमितता दिएको छ । रुपन्देही जिल्ला भरबाट सामुदायिक र संस्थागत गरी जम्मा २५ वटा विद्यालयहरु सहभागी रहेका थिए । आषाढ २९ गते पर्ने भानु जयन्ती र भाद्र १५ गते पर्ने राष्ट्रिय पुस्तकालय दिवशको अवसरमा नियमित रुपमा वि.सं. २०७४ सालदेखि नै दुवै कार्यक्रम विद्यालय स्तरमा हुँदै आएका छन् ।

    यसै अनुरुप भाद्र १४ गते सम्पन्न आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०८२ मा प्रथम डन चिल्ड्रेन एकेडेमी, द्वितीय  न्यू होराइजन मा.वि., तृतीय तिनाउ इङ्लिस बोर्डिङ्ग स्कुल र सान्त्वना कालिका मानवज्ञान मा.वि. भएका छन् ।

    हिसान रुपन्देहीका अध्यक्ष कृष्णबहादुर न्यौपानेको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयका सदस्य ज्ञानु के.सी. रहेकी थिइन्‌। स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य माथि प्रकाश पुस्तकालयका अध्यक्ष टुकबहादुर क्षेत्रीले गरेका थिए । उक्त कार्यक्रम स्व.गणेश पाण्डेको स्मृतिमा समेत गरिएको थियो ।

    वि.सं. २०४३ सालमा स्थापना भएको उक्त पुस्तकालयले निरन्तर रुपमा रुपन्देही जिल्लाभित्रका विद्यालयहरुसँगको प्रत्यक्ष प्रभावकारीताका लागि आषाढ २९ गते भानुजयन्तीको अवसरमा माध्यमिक विद्यालय स्तरीय रामायण वाचन प्रतियोगिता र भाद्र १५ गते पर्ने राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आधारभूत तह स्तरीय हाजिरिजवाफ प्रतियोगिता नियमित रपमा सञ्चालन गर्दै आएको आगामी दिनमा पनि निरन्तरता दिइने व्यवस्थापक प्रकाश सुवेदीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij