२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गाविस अध्यक्षदेखि पार्टीको जिल्ला सचिव

गाविस अध्यक्षदेखि पार्टीको जिल्ला सचिव

गाविस अध्यक्षदेखि पार्टीको जिल्ला सचिव

गाविस अध्यक्षदेखि पार्टीको जिल्ला सचिव

गाविस अध्यक्षदेखि पार्टीको जिल्ला सचिव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • केशव पराजुली- नवलपरासी ।  तुल्सी पासी नवलपरासी पश्चिमका एक पुराना कम्युनिष्ट कार्यकर्ता हुन् । कम्युनिष्ट नेता केशर मणी पोखरेल, मगरु यादवको सम्पर्कपछि कम्युनिष्ट पार्टीमा आबद्ध  भएका उनी (नेकपा) माक्र्सवादी हुँदै (नेकपा) एमालेमा आबद्ध भएका हुन् ।

    नवलपरासीको कम्युनिष्ट राजनीतिमा कृयाशिल उनी राजनीतिमा प्रवेश गरेदेखि नै निरन्तर सकृय रहेका छन् । सरल स्वभावका पासी नवलपरासी पश्चिमको साविक वन्जरीया गाउँ पञ्चायत वडा नम्बर ४ हाल रामग्राम १८ का स्थाई बासिन्दा हुन् । 


    नवलपरासीको कम्युनिष्ट अगुवामा तुल्सी पासीको नाम पनि जोडिन्छ । राजनीतिमा प्रवेश गरेपछि पासी गाविस अध्यक्षदेखि पार्टीको जिल्ला सचिव समेत बनिसकेका छन् । राजनीतिका अवला खेतीबाहेक उनको अन्य कुनै पेशा छैन । विद्यालय अध्ययन गर्दा नवलपरासीका कम्युनिष्ट नेता मगरुप्रसाद यादवको सम्पर्कबाट कम्युनिष्ट राजनीतिमा प्रवेस गरेका पासी (नेकपा ) एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्य छन्  । तराई मधेशमा दलित समुदायमा सूचीकृत पासी समुदायको मुख्य पेशा खेतीपाती र पशु पालन रहेको उनले बताए ।  


    नवलपरासीका पुराना कम्युनिष्ट नेता मगरु यादवका छोरा वीरेन्द्र यादवसँग विद्यालयमा अध्ययन गर्ने तुल्सी पासीलाई एक दिन वीरन्द्र यादवले उनलाई आफ्ना बावुले सेल्टर लिएर बसेको घरमा लगेर भेट गराए । भेटका क्रममा मगरु यादवका विचारले उनी कम्युनिष्ट पार्टी प्रति प्रभावित भएको पासीले बताए ।  २०२३ साल फाल्गुणमा वन्जरीयाँमा  पासीको जन्म भएको थियो । उनका बावु सीताराम पासी र आमा सुमित्रीदेवी पासी गाउँका सामान्य किसान परिवार हुन् । तराई मधेसमा दलित समुदायमा पर्ने पासी समुदायको संख्या नवलपरासी पश्चिममा लगभग ३ हजार रहेको पासीले जानकारी दिए । 


    २०३७ सालदेखि सकृय राजनीतिमा प्रवेश गरेका पासी ०३५-०३६ को जनमत संग्रहमा बहुदलको पक्षमा प्रचारप्रसारमा जुटेका थिए । पुराना कम्युनिष्ट नेता केशरमणी पोखरेल नवलपरासी घरमा आएको समयमा पासीको घरमा गएर भेट गरेपछि पोखरेलले पासीलाई  बहुदलको प्रचारप्रसार गर्न लगाएको पासीले बताए । त्यसपछि उनको पोखरेलसँग निरन्तर सम्पर्क हँुदै गयो, पोखरेलको सल्लाहमा उनले काम गर्दै अगाडि बढे । मगरु र पोखरेलको सम्पर्क उनको नेकपा माक्र्सवादीका जिल्ला नेता धनन्जय शर्मासँग सम्पर्क भएपछि पासी (नेकपा ) माक्र्सवादीको जिल्ला कमिटीमा चुनिए । 


    २०४७ सालमा माले र माक्र्सवादी एकीकरणपछि उनी जिल्ला कमिटीमा छानिए । २०४३ सालमा नवलपरासीको जर्गाहामा भएको अधिवेशनमा माक्र्सवादीबाट ७ जना र मालेबाट १४ जना गरी २१ सदस्य जिल्ला कमिटीको निर्माण भएको थियो ।  अधिवेशनले इश्वरी पाण्डे शर्मालाई सचिव चयन गरेको थियो । २०४६ को परिर्वतनपछि नवलपरासीमा नेपाल सदभावना पार्टीको दबदबा रहँदा र पछि मधेश आन्दोलनमा पनि पासी कहिल्यै आफ्नो सिद्धान्तबाट विचलित भएनन् । ०६२÷०६३ मा पक्राउ परेपछि उनीले १० दिन परासी कारागारमा बन्दी जीवन बिताए । पासी २०५४ देखि ६९ सम्म बन्जरीया गाविसको अध्यक्ष  भए ।  नेकपा एमालेको पाँचौ अधिवेशनमा प्रतिनिधि छनोट भए, सचिवालय सदस्य, २ वर्ष  क्षेत्र नम्बर ४ नवलपरासीको इञ्चार्ज भएका थिए । सातौ, आठौ अधिवेशनमा उप–सचिव र २०७३ देखि २०७५ सम्म जिल्ला सचिव भए । 


    २०६७ बैशाखमा नेकपा एमालेको कार्यालयमा भएको आगजनीमा कार्यालयमा रहेका पासी आक्रमणमा परि घाइते समेत भएका थिए । सधँै आफ्नो जिम्मेवारीलाई लगनशिल रुपमा लिने र कामप्रति वफादार  पासी नवलपरासी एमालेभित्र असल नेताका रुपमा परिचित छन् । जिल्ला कमिटी सचिव हुँदा सबै जिल्ला कमिटीका सदस्यको घर–घरमा पुग्ने, समस्या बुझ्ने र छलफल गर्ने उनको दैनिकि बनेको थियो ।

    पासी विषय बस्तु र अध्यायनमा पनि उत्तिकै दख्खल राख्छन् ।  पासी राजनीतिमा लागेको ४५ वर्ष  भएको छ । राजनीतिमा प्रवेश गरेको ४५ वर्षमा नेकपा एमालेको जिल्ला सदस्य, उप–सचिव हुँदै जिल्ला सचिव र अहिले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्य छन् । पछिल्लो समय पार्टीको जिल्लामा नभएको र प्रदेशमा भएका कारण पनि उनको सकृयता जिल्लामा कम रहेको छ । उनीसँगै राजनीति सुरु गरेका धेरै नेता सांसद , केन्द्रीय सदस्य र मन्त्री समेत बनिसकेका छन्, तर तुल्सी पासीले पैसा, पद कमाउनुभन्दा पनि कार्यकताको माया पाएका छन् । उनको यसैमा आत्म सन्तुष्टी रहेको उनी बताउँछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij