२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विवादमा परे डा. लेखजंग थापा, पत्रकार सम्मेलन स्थगित

विवादमा परे डा. लेखजंग थापा, पत्रकार सम्मेलन स्थगित

विवादमा परे डा. लेखजंग थापा, पत्रकार सम्मेलन स्थगित

विवादमा परे डा. लेखजंग थापा, पत्रकार सम्मेलन स्थगित

विवादमा परे डा. लेखजंग थापा, पत्रकार सम्मेलन स्थगित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि उम्मेदवार बनाएका डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ । 

    प्रवक्ता मनिष झाले आज दिउँसो २ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन विशेष कारणले स्थगित गरिएको जानकारी दिएका छन् ।

    रास्वपाले आइतबार सचिवालय बैठकबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनको बारेमा अनेकौं विषय बाहिर आएका छन् ।

    थापाको उम्मेदवारी घोषणा हुनासाथ अहिले मिडिया र सामाजिक सञ्जालमा दुई विवाह गरेको, पार्टीको आन्तरिक छलफलमा क्यामेरा जडित चस्माबाट भिडियो खिचेको जस्ता विषयले उनी विवादमा परेका छन् ।

    त्यस्तै रास्वपाको प्राइमरी निर्वाचनमा समेत अनियमितता भएको आशंका व्यक्त गरिएको थियो । केबल करिब ५६ प्रतिशत मतदान भएको प्राइमरी निर्वाचन बारे रास्वपाले पारदर्शी रुपमा जानकारी गराएको छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij