२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रामग्राम नगरपालिकाका नगरप्रमुख घरदैलो र गाउँ बस्तीमा

रामग्राम नगरपालिकाका नगरप्रमुख घरदैलो र गाउँ बस्तीमा

रामग्राम नगरपालिकाका नगरप्रमुख घरदैलो र गाउँ बस्तीमा

रामग्राम नगरपालिकाका नगरप्रमुख घरदैलो र गाउँ बस्तीमा

रामग्राम नगरपालिकाका नगरप्रमुख घरदैलो र गाउँ बस्तीमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • नवलपरासी ।   रामग्राम नगरपालिकाका नगर प्रमुखले जनताको समस्या, गुनासा गाउँमा गएर सुन्ने अभियान सुरु गरेका छन् । नगरप्रमुख धनपत यादवले रामग्राम नगरपालिकाका धेरै वडाहरु ग्रामीण क्षेत्रमा रहेका कारण जनताबाट आउने गुनासा र समस्या समाधानका लागि आफू गाउँमा गएर समाधान गर्न सुरु गरेका बताएका छन्  । पछिल्लो समय कार्यालयमा होइन, नगरवासीका समस्या बुझ्न र नगरपालिकाले गरेका विकास निर्माणको प्रभावकारिता बुझ्न रामग्राम नगरपालिकाका नगरप्रमुख दिनहुँ जनताको घरदैलो र गाउँ बस्तीमा पुग्न थालेका हुन् । 


    नगरमा आउने बजेट गाउँ–गाउँमा पठाएर मात्र नपुग्ने र भएका काम कस्ता भएका छन् भनेर बुझ्न समेत प्रमुख यादव गाउँ बस्ती जान थालेका हुन् । पछिल्लो समय नगरप्रमुख यादव गाउँमा गएर जनताका समस्या बुझ्न थालेपछि स्थानीयले आफ्ना समस्या समाधान हुनेमा आशावादी देखिएका छन् । 


    नगरप्रमुखले गाउँमा रहेको भूमिको समस्यालाई सहिलो प्राथमिकतामा राखेर भूमि समस्या समाधानका लागि नगरपालिकाले भूमि आयोगलाई गर्नु पर्ने सहयोगका विषयमा वडा–वडामा गएर भूमि आयोगका पदाधिकारी, स्थानीयवासी र नगरपालिकाका जन प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका छन् । 


    त्यस्तै उनले अन्य वडाहरुमा पनि खानेपानी, सिँचाइ, ढल, सडक, विद्युत्लगायतका विषयमा समेत अन्तरक्रिया थालेका छन् । विकासको खाका तयार पर्ने काममा गुटेका छन् भने नगरपालिकावाट भएका विकास निर्माणका काममा आउने गुनासाहरुको समेत नगरप्रमुखले गाउँमा गएर  समाधान गर्न थालेको नगरप्रमुखको सचिवालयले जनाएको छ । 


    नगरप्रमुखले नागरिकलाई घर–घरमा गएर सेवा पु¥याउने उद्देश्यका साथ काजकृया खर्च वापत प्रदान गर्ने, जेष्ठ नागरिक, अपाङ्ग असाय, एकल महिला, बालबालिकाका समस्या समेत गाउँमा बुझ्ने र समाधान  गर्ने काम सुरु गरेका छन् । 


    रामग्राम नगरपालिका लुम्बिनी प्रदेशको नवलपरासी पश्चिमको पुरानो नगरपालिका हो । रामग्राम नगरपालिका तत्कालिन परासी आर्दश, उनवछ, मन्झरीयाँ र जमुवाड गाउँ विकास समिति मिलाएर २०५३  साल चैत्र १४ गते गठन भएको हो । रामग्राम नगरपालिका क्षेत्रमा ऐतिहासिक बुद्धकालीन रामग्राम स्तूप रहेको छ । जसलाई युनेस्कोले सन १९९६ मा आफ्नो सम्भावित विश्व सक्पदा सूचीमा सूचीकृत गरेको छ । 


    रामग्राम नगरपालिकामा २०७३ फाल्गुण २७ गते सनई गाविसका ४ र ५ वडा सुक्रौली, अमरोड, वन्जरीया र देवगाउँ समेटे र १८ वडामा विभाजन गरिएको थियो । गौतमबुद्धको पवित्र अस्तिधातु रहेको प्राचिन रामग्राम स्तूपका नामबाट नगरपालिकाको नामाकरण गरिएको हो । 


    राष्ट्रिय जनगणनाअनुसार रामग्राम नगरपालिकाको कुल जनसंख्या ६४ हजार १७ रहेको छ भने १३ हजार १ सय ३७ घरधुरी रहेका छन् ।  रामग्राम नगरपालिकाको काठमाडौं महानगरपालिका, बाओची, चीन र काथरेस, स्पेनसँग भगिनी सम्बन्ध रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij