२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

वन प्राविधिक संघ लुम्बिनीको प्रदेश वन परिषद स्थापनाको पहल सहितको ६ बुँदे घोषणापत्र सार्वजनिक

वन प्राविधिक संघ लुम्बिनीको प्रदेश वन परिषद स्थापनाको पहल सहितको ६ बुँदे घोषणापत्र सार्वजनिक

वन प्राविधिक संघ लुम्बिनीको प्रदेश वन परिषद स्थापनाको पहल सहितको ६ बुँदे घोषणापत्र सार्वजनिक

वन प्राविधिक संघ लुम्बिनीको प्रदेश वन परिषद स्थापनाको पहल सहितको ६ बुँदे घोषणापत्र सार्वजनिक

वन प्राविधिक संघ लुम्बिनीको प्रदेश वन परिषद स्थापनाको पहल सहितको ६ बुँदे घोषणापत्र सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • बुटवल । रुकुम (पुर्ब) भुमे नगरपालिका–१ स्थित चुङ्गुरीखर्कमा भदौ १४ गते सम्पन्न नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशको बैठकले ६ बुँदे चुङ्गुरीखर्क घोषणा पत्र सार्वजनिक गरेको छ ।

    संघका पदाधिकारी, सल्लाहकार, सदस्य तथा स्थानीय समुदाय, सरोकारवालासहितको उपस्थितिमा भएको बैठक तथा अन्तरकृयापछी घोषणा पत्र सार्वजनिक गरिएको हो ।

    घोषणापत्रले दिगो वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन, प्रविधि प्रयोग, लुम्बिनी प्रदेश वन परिषद गठन, वनक्षेत्रको जग्गा ब्यक्तिको नाममा दर्ता रोकथाम, पेशागत एकता तथा इमान्दारिता र पारिस्थितिक पर्यटन प्रवर्द्धन गरी वन प्रशासन र व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाउन आह्वान गरेको छ । घोषणापत्रमा लुम्बिनी प्रदेश वन परिषद गठनको आवश्यक पहल गरिने बताइएको छ ।

    लामो समयसम्म नेपाल वन प्राबिधिक संघ केन्द्रिय कार्यसमितिले वन परिषदको पहल गर्दै आएको छ। संघले परिषदको तदारुकता नदेखाएको भन्दै लुम्बिनी प्रदेशले प्रदेशस्तरमा वन परिषद गठन गर्नका लागी आवश्यक कानूनी र संस्थागत संरचना निर्माणको पहल गरिने लुम्बिनी प्रदेश अध्यक्ष केशब खड्काले बताए ।

    प्रदेशभित्र वन प्राविधिकहरूको पेशागत क्षमता अभिवृद्धि, पेशागत नियमन सुनिश्चिता र समग्र वन क्षेत्रको दिगो व्यवस्थापनमा दीर्घकालीन योगदान पुग्ने वातावरणा सृजनाका लागि तत्काल वन परिषद स्थापना जरुरी रहेको उनले बताए ।

    घोषणा पत्रमा  दिगो वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन ,वन व्यवस्थापनमा प्रविधिको प्रयोग,लुम्बिनी प्रदेश वन परिषद गठन ,निजी नाममा वन जग्गा दर्ता रोकथाम ,पेशागत एकता र इमान्दारिता र पारिस्थितिक पर्यटन प्रवर्द्धन बिषय समेटिएको छ।

    वन प्राविधिक संघ लुम्बिनीले घोषणापत्रमार्फत वन व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र दीर्घकालीन बनाउन सरोकारवाला सबैलाई सहकार्यका लागि आह्वान गरेको छ । संघले यहि भदौ १४ गते ४५०० मिटरको चुङ्गुरीखर्क लेकमा बैठक तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij