२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुसी राष्ट्रपति पुटिनले दिए प्रधानमन्त्री ओलीलाई ‘दुर्लभ’ रुस भ्रमणको निम्तो

रुसी राष्ट्रपति पुटिनले दिए प्रधानमन्त्री ओलीलाई ‘दुर्लभ’ रुस भ्रमणको निम्तो

रुसी राष्ट्रपति पुटिनले दिए प्रधानमन्त्री ओलीलाई ‘दुर्लभ’ रुस भ्रमणको निम्तो

रुसी राष्ट्रपति पुटिनले दिए प्रधानमन्त्री ओलीलाई ‘दुर्लभ’ रुस भ्रमणको निम्तो

रुसी राष्ट्रपति पुटिनले दिए प्रधानमन्त्री ओलीलाई ‘दुर्लभ’ रुस भ्रमणको निम्तो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘दुर्लभ’ रुस भ्रमणको निम्तो दिएका छन् । चीनको तियानजिनमा सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी भएपछि सोमबार राति भएको भेटमा पुटिनले ओलीलाई रुस भ्रमणको निम्तो दिएका हुन् ।

    भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सम्बन्ध सुमधुर रहेको तर रुसबाट नेपालमा उच्चस्तरीय भ्रमण नभएको गुनासो गरेपछि पुटिनले भने, “सम्माननीय प्रधानमन्त्रीज्यू, म तपाईंको विचारको फाइदा उठाउँछु । हामी तपाईंको देश नेपाल भ्रमण गर्ने बारेमा सोच्नेछौँ । तर हामी तपाईंलाई जुनसुकै बेला, जुनसुकै सुविधाजनक समयमा रूसमा देख्न पाउँदा असाध्यै खुसी हुनेछौँ ।”

    रुसी राष्ट्रपति पुटिन विदेशी उच्चस्तरीय पाहुनालाई हत्तपत्त व्यक्तिगत तहमा आफ्नो देश भ्रमणको निम्तो नदिने व्यक्तिका रूपमा चिनिन्छन् । तर, सोमबार एससीओको साइडलाइनमा भएको भेटमा उनले प्रधानमन्त्री ओलीलाई रुस भ्रमणको ‘दुर्लभ’ निम्तो दिएका हुन् ।

    भेटमा रुसी राष्ट्रपति पुटिनले नेपाल–रुसबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै आउँदो वर्ष विशेष हुने बताएका थिए । उनले सन् २०२६ मा नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्नेतर्फ संकेत गरेका थिए ।

    पुटिनले भेटमा नेपाल–रुस सम्बन्धलाई ‘ऐतिहासिक सहकार्य’ भएको बताए । उनले नेपाललाई पुरानो मित्र भनेर समेत प्रशंसा गरेका थिए । प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरूमा कूटनीतिक रूपमा नेपाल र रुस समान रहेको उनले जनाएका थिए ।

    विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा आगामी दिनमा रुस र नेपालले सहकार्यलाई अझ गहिरो र फराकिलो बनाउनेतर्फ सोच्नुपर्ने धारणा पुटिनले राखेका थिए ।

    “म यो कुरा याद गर्न चाहन्छु कि रुस र नेपालबीच कहिल्यै कुनै समस्या भएको छैन । यसबाहेक, अन्तर्राष्ट्रिय एजेन्डामा, प्रमुख मुद्दाहरूमा, हाम्रो अडान या त धेरै नजिक छ वा मिल्दोजुल्दो छ,” रुसी राष्ट्रपति पुटिनले भने ।

    भेटमा प्रधानमन्त्री ओलीले आफूले सन् १९९९ र २००० मा गरेको रुस भ्रमण र त्यतिबेला धेरै नेपाली विद्यार्थीले रुसमा पढ्ने अवसर पाएको स्मरण गरेका थिए । “रुसबाट अध्ययन गरेर फर्केका धेरै डाक्टरहरूले अहिले पनि नेपालमा मानिसहरूको उपचार गरिरहेका छन्,” प्रधानमन्त्री ओलीले भने ।

    त्यसपछि रुसी राष्ट्रपति पुटिनले रुसमा अध्ययन गरेर फर्किने विद्यार्थीले धेरै राम्रा सम्झनाहरू साथमा लग्ने गरेको बताएका थिए । यस्ता विद्यार्थीले रुस र आफ्नो मातृभूमिलाई जोड्ने काम गरेको उनले जनाएका थिए ।

    शिक्षा, संस्कृति र विशेषगरी शिक्षाको क्षेत्रमा भएका सम्झौताहरूको निरन्तरतालाई रुसले गम्भीर रूपमा ध्यान दिँदै आएको पुटिनको भनाइ थियो । यी कुराहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि पुटिनले भेटमा गरेका थिए ।

    “तपाईंले उल्लेख गर्नुभयो कि नेपाली विद्यार्थीहरू शिक्षाका विभिन्न क्षेत्रहरूमा रुचि राख्छन् । हामी, अवश्य पनि तपाईंलाई भेट्नेछौँ र तपाईंका विद्यार्थीहरूको लागि शिक्षाको थप सम्भावित, थप रोचक मार्गहरू खोज्ने प्रयास गर्नेछौँ,” पुटिनले भने ।

    मानवीय अन्तरक्रियाको अन्य क्षेत्रमा पनि सहकार्य गर्न सकिने उनले बताएका थिए । नेपाली संस्कृतिसँग घुलमिल हुन रुसी जनता इच्छुक रहेको उनले जनाए । यसबारेमा सोच्न उनले प्रधानमन्त्री ओलीलाई अनुरोध समेत गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij