२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन भोलि, आज मनोनयन दर्ता

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन भोलि, आज मनोनयन दर्ता

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन भोलि, आज मनोनयन दर्ता

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन भोलि, आज मनोनयन दर्ता

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन भोलि, आज मनोनयन दर्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२

  • काठमाडौं । संसदीय सुनुवाइ ९संयुक्त० समितिको सभापतिको निर्वाचन भोलि (शुक्रबार) हुने भएको छ । आज मनोनयन दर्ताको समय छ ।

     

    सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार भोलि साँझ ५ बजे निर्वाचन हुँदैछ । आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय छ ।

     


    सुनुवाइ समिति सभापतिको पद यही भदौ १० गतेदेखि रिक्त छ । सुनुवाइ समितिका तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद खाली छ । न्यौपाने सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति भएकी छन् ।

     

    संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावलीका नियम २५ मा राजीनामा दिएमा सभापति पद रिक्त हुन सक्ने लगायतका प्रावधान छ । रिक्त भएको पदमा पुनस् पदपुर्ति गर्ने सम्बन्धी व्यवस्था संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा छैन ।

     

    तर, संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीको नियम ४४ मा संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा नभएका विषय प्रतिनिधि सभा नियमावली बमोजिम हुने भनिएको छ ।

     

    प्रतिनिधि सभा नियमावलीमा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।

     

    यस्तो प्रावधान प्रतिनिधि सभा नियमावलीको नियम १७७ को उपनियम ५ मा छ । जहाँ भनिएको छ, ‘‘समितिको सभापतिको पद रिक्त हुन आएमा रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नु पर्नेछ ।’

     

    यो व्यवस्थाको पालना गर्दै समयमै निर्वाचन गर्न लागिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij