२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भ्रष्टाचार नियन्त्रण तथा सुशासन  प्रवर्धन कार्यक्रम सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन  प्रवर्धन कार्यक्रम सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन  प्रवर्धन कार्यक्रम सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन  प्रवर्धन कार्यक्रम सम्पन्न

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • गैंडहवा । रुपन्देहीको गैंडहवा गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनसम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रम भदौ २० गते शुक्रबार सम्पन्न भएको छ । कार्यक्रम कार्यालय प्रमुख सह–सचिव विनिता भट्टराईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।


    कार्यक्रमको सञ्चालन सहजकर्ता उमेशलाल श्रेष्ठले गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडा अध्यक्षहरू, शिक्षक, स्थानीयवासी, निर्माण व्यवसायी र सञ्चारकर्मीहरूको बाक्लो सहभागिता रहेको थियो ।
    कार्यक्रमको मुख्य अंशमा आयोगका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले प्रस्तुति दिएका थिए । उनले भ्रष्टाचार भनेको के हो, किन हुन्छ र यसलाई किन नियन्त्रण गर्नु आवश्यक छ भन्ने विषयमा विस्तृत व्याख्या गरे । उनले भने–“भ्रष्टाचार केवल व्यक्तिगत स्वार्थको समस्या मात्र होइन, यो समाज, प्रशासन र देशको विकासका लागि ठूलो बाधक हो । यसले सार्वजनिक स्रोतको दुरुपयोग, जनसुविधामा ढिलाइ र विश्वासमा कमी ल्याउँछ ।”


    प्रताप पौडेलले आयोगको संवैधानिक र कानुनी अधिकारसम्बन्धी विस्तृत जानकारी दिँदै उजुरी दिने तरिका, उजुरीको प्रारम्भिक छानबिन प्रक्रिया, आवश्यक प्रमाण संकलन, अनुसन्धानको कदम–दर–कदम विवरण र निष्पक्ष निर्णय सुनिश्चित गर्ने प्रक्रिया प्रस्तुत गरेका थिए । 


    उनले भने–“सुशासनको अर्थ केवल नियम–कानुनको पालन गर्नु मात्र होइन । यसले सार्वजनिक स्रोतको सदुपयोग, जिम्मेवार प्रशासन, पारदर्शी सेवा प्रवाह र नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्दछ ।”


    सो प्रस्तुति पश्चात् खुला छलफल तथा जिज्ञासाको लागि समय छुट्याइएको थियो । सो क्रममा वडा अध्यक्षहरू, शिक्षक, स्थानीयवासी, निर्माण व्यवसायी र सञ्चारकर्मीहरूले विभिन्न प्रश्न उठाएका थिए । सहभागीहरूले मुख्यतः जनताको गुनासो, सेवा प्रवाहमा ढिलाइ, मल–सारको अभाव, विकास योजना कार्यान्वयनमा देखिएका कमजोरी र उच्च पदस्थ व्यक्तिहरूको ढाकछोप प्रवृत्तिप्रति असन्तोष व्यक्त गरेका थिए ।


    सूर्यपूरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामजी आचार्यले शिक्षामा देखिएका चुनौती र सुधारका आवश्यकताबारे लामो मन्तव्य दिँदै भने–“आजको शिक्षा केवल पाठ्यपुस्तकमा सीमित छैन, यसले जिम्मेवार, पारदर्शी र उत्तरदायी नागरिक उत्पादन गर्नुपर्छ । तर शिक्षा क्षेत्रमा राजनीति हावी हुनु,

    योजना निर्माणमा प्रभावशाली वर्गको दबाब हुनु, र कार्यक्रम पारदर्शी नहुनु समग्र सुशासनको अभ्यासमा बाधा पु¥याएको छ ।”
    प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले मन्तव्य दिँदै गाउँपालिकाले सुशासन प्रवर्धनलाई मुख्य एजेण्डा बनाएको बताए । हाम्रो प्रयास योजना छनोटदेखि कार्यान्वयनसम्म पारदर्शिता, जवाफदेहिता र छरितोपनामा केन्द्रित छ । उनले भने–“सार्वजनिक स्रोत र योजना कार्यान्वयनमा पारदर्शिता कायम गर्न हामी निरन्तर काम गरिरहेका छौं । नागरिकको सहभागिता, सुझाव र गुनासोलाई समावेश गर्दै गाउँपालिकाको नीति र कार्य प्रणाली सुधार्दै अघि बढ्नुपर्छ । सुशासन केवल सरकारी निकायको जिम्मेवारी होइन, प्रत्येक जनप्रतिनिधि, कर्मचारी र नागरिकको साझा प्रतिबद्धता हो ।” 


    उक्त कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले जनप्रतिनिधिहरू जनताको सेवक भएको स्मरण गराउँदै गुनासा र सुझावलाई समाधानमा रूपान्तरण गर्नुपर्ने बताए । उनले विशेष गरी मल–सारको अभाव, विकास योजनामा देखिएका कमजोरी र सेवा प्रवाहमा ढिलाइबारे जनताले उठाएका प्रश्नहरूको जवाफ दिँदै तत्कालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।


     कार्यक्रमको अध्यक्ष तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको प्रमुख सह–सचिव विनिता भट्टराईले सरोकारवालाहरूको प्रश्नहरूको जवाफ दिँदै भने–“अख्तियारले कुनै पनि व्यक्तिको पद वा हैसियतलाई नहेरी तथ्य–प्रमाणका आधारमा अनुसन्धान अघि बढाउँछ । भ्रष्टाचारविरुद्धको लडाइँ केवल अख्तियारको दायित्व होइन, सम्पूर्ण नागरिकको साझा जिम्मेवारी हो । हामीले गर्ने प्रत्येक काम पारदर्शी र ईमानदार हुनुपर्छ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij