काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले पार्टीमा गणेश प्रवृत्ति मौलाएको बताएको छ । विधान महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले प्रस्तुत गरेको प्रतिवेदनमा गणेश प्रवृत्ति पार्टीमा मौलाएको उल्लेख छ ।
“कतिपय नेताहरूले पार्टीको विभिन्न तहको नेतृत्वमा पुग्नको लागि केही माथिल्लो तहका नेताहरूलाई प्रभावित गर्ने र नेताहरूको वरिपरि घुमिरहने गणेश प्रवृत्ति पनि देखिएको छ,” प्रतिवेदनमा उल्लेख छ, “कतिपय पार्टी नेताकार्यकर्ताहरू आत्मकेन्द्रित र व्यक्तिवादी हुँदै गएका छन् ।”
आफ्नो स्वार्थ पूरा नहुँदा पार्टी काम र निर्वाचनमा निष्क्रिय वा असहयोगी बन्ने प्रवृत्ति पनि बढेको प्रतिवेदनमा उल्लेख छ ।
राज्य, समाज र पार्टीलाई नकारात्मक असर पर्नेगरी व्यक्तिगत लाभ र अवसरको आशक्ति राजनीतिक क्षेत्रमा समस्याको रूपमा देखिएको प्रतिवेदनमा समावेश छ ।




