२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वास्थ्यमा लुम्बिनीको चुनौतीः  किशोरीमा रक्त अल्पता डरलाग्दो

स्वास्थ्यमा लुम्बिनीको चुनौतीः  किशोरीमा रक्त अल्पता डरलाग्दो

स्वास्थ्यमा लुम्बिनीको चुनौतीः  किशोरीमा रक्त अल्पता डरलाग्दो

स्वास्थ्यमा लुम्बिनीको चुनौतीः  किशोरीमा रक्त अल्पता डरलाग्दो

स्वास्थ्यमा लुम्बिनीको चुनौतीः  किशोरीमा रक्त अल्पता डरलाग्दो
दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • दाङ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रगती विवरण सार्वजनिक गरेको छ । २३ बुँदे उपलब्धि सार्वजनिक गर्दै स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले स्वास्थ्य, शिक्षा र कृषिलाई एकिकृत रुपमा सञ्चालन नगर्दासम्म सुरक्षित समाज निर्माण हुन नसक्ने बताए ।


    ‘स्वास्थ्यप्रति कसैको चिन्ता र चासो देखिएन । एकल चिन्ता र चासोले पनि हुँदोरहेनछ,’ उनले भने–‘स्वास्थ्य मन्त्रालयको एक्लो प्रयासले सबै पक्ष सुधार गर्न नसकिदो रहेछ । त्यसैले स्वास्थ्य, शिक्षा र कृषिलाई एकिकृत रुपमा अघि बढाउनु जरुरी छ ।’ स्वास्थ्य मन्त्री पुनले पाठेघर खस्ने रोगको पहिचान भई शल्यक्रिया गर्न नपाएका रोल्पा, प्यूठान र रुकुम पूर्वलगायतका स्थानका एक सय ३७ जना महिलाहरुको पाठेघरको निःशुल्क सल्यक्रिया गर्न सफल भएको विषयलाई उपलब्धिको रुपमा प्रस्तुत गरेका छन् ।


    एक वर्षको अवधीमा २० जना प्रदेशवासीको आँखाको क्रनियाको निःशुल्क ट्रान्स्प्लान्ट गरिएको, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा आगलागीबाट नष्ट भएको प्रयोगशाला आवश्यक औजार उपकरण खरिद गरेर तत्काल सञ्चालनमा ल्याएको, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई अत्याधुनिक थुलियम लृसर मेशिन र हाईईन्डयूएसजी मेशिन हस्तान्तरण गरिएको छ । भालुबाङ अस्पतालको ३६ जनाको अस्थायी दरबन्दी संरचना स्विकृत गरिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा १०, बर्दिया अस्पताल गुलरियामा ६, कपिलवस्तु अस्पताल तौलिहवामा ५, गुल्मी अस्पताल तम्घासमा ५, प्यूठान अस्पताल प्यूठानमा ३ र पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा ५ वेड हमोडाइलाइसिस सेवा स्थापना तथा विस्तार गरिएको स्वास्थ्य मन्त्रालयले उपलब्धिमा राखेको छ ।


    लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एनआइसीयू र बर्दिया अस्पताल, कपिलवस्तु अस्पताल र भिम अस्पताल भैरहवामा एसएनसीयू सेवा विस्तार तथा सुदृढिकरण गरिएको छ । पाल्पा अस्पताल तानसेनमा आँखा उपचार सेवा विस्तार गरिएको छ । क्यान्सर रोग लागेका एक हजार दुई सय २४ जना, मुटुको भल्भ फेर्ने १६ जना र मृर्गौला प्रत्यारोपण गरेका ३८ जनालाई उपचारमा अनुदान प्रदान गरिएको छ । ८० वर्ष पुगेका ४६ हजार ७४ जना ज्येष्ठ नागरिक र अति अशक्त क र ख वर्गका अपांगता भएका व्यत्तिहरुलाई घरमै पुगेर स्वास्थ्य उपचार गरिएको छ । ४० वर्ष माथिका १९ हजार तीन सय ३२ जनाको नसर्ने रोग सुगर, प्रेसर र मृर्गौला रोगको स्क्रिनिङ गरिएको छ । प्रदेशका दुई सय ७२ वटा विद्यालयमा ४२ हजार दुई सय ७५ जना किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ गरिएको, जस मध्य ११ हजार १९ जना किशोरीहरुमा रक्त अल्पताको अवस्था पहिचान भएको छ । यि किशोरीहरुलाई आइरन चक्कि वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    खोपमा ड्रप आउट
    लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला पूर्णखोप सुनिश्चता भएसँगै प्रदेशभित्रका सबै जिल्ला पूर्णखोप सुनिश्चिता भएको जानकारी गराइएको छ । १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि प्रदेशलाई पूर्णखोप सुनिश्चिता भएको उल्लेख गरिएको छ । १६ महिना देखि ५९ महिनासम्मका दुई लाख ६२ हजार ८ सय ५६ बालबालिकामध्ये दुई लाख ६० हजार तीन सय ८३ जना बालबालिकाले पूर्णखोप पाएको स्वास्थ्य मन्त्रालयका सचिव डा.बासुदेव उपाध्यायले जानकारी दिए । यद्यपी औपचारिक कार्यक्रम गरेर पूर्णखोप सुनिश्चिता भएको घोषण गर्न भने बाँकी छ ।


    प्रदेशमा एक सय ३० जना बालबालिकाले एक पटक पनि खोप नलगाएको भेटिएको छ । यसरी खोप लगाउन छुटेका बालबालिकालाई यस वर्ष खोप दिइएको छ । यसका साथै बीचमा खोप लगाउन छुटेका तर, यस वर्ष खोप लगाएका बालबालिकाको संख्या दुई हजार तीन सय ४३ जना रहेको छ । खोपमा ड्रपआउट बालबालिका धेरै भेटिएको मन्त्रालयले जनाएको छ । केही समुदायभित्र अझैँ पनि खोपप्रति नकारात्मक धारणा रहेकाले ति समुदायका बालबालिकाहरु खोप लगाउन छुटेको र ड्रपआउट हुने देखिएको मन्त्रालयले जनाएको छ । ‘तराईका केही समुदाय भित्र अझैँ पनि  खोप प्रतिको भ्रम अझैं छ । उनीहरुलाई खोपको दायरामा ल्याउनका लागि व्यापक जनचेतनाको खाँचो छ । विद्यालय तहबाटनै यसलाई पठनपाठनको माध्यमको रुपमा ल्याउनुपर्ने छ,’ स्वास्थ्य सचिव उपाध्यायले भने–‘अभिभावकलाई सचेत मात्रै उनीहरुलाई जिम्मेवार बनाउन जरुरी छ । यो एकल प्रयासले मात्रै सम्भव छैन ।’


    लुम्बिनी प्रदेशको बाँके जिल्लामा सबैभन्दा धेरै खोप लगाउन छुटेका बालबालिका भेटिएका छन् । बाँके जिल्लामा ८५ जना बालबालिकाले पहिलो पटक खोप लगाएका छन् । दाङमा १२ जना, प्यूठानमा र कपिलवस्तुमा ११, रोल्पा र बर्दियामा ४÷४, अर्घाखाँची, पश्चिम नवलपरासीमा एक÷एक जना छुटेका बालबालिकाले खोप लगाएका छन् । रुकुम पूर्व, गुल्मी, पाल्पा जिल्लामा खोप लगाउन छुटेका बालबालिका भेटिएका छैनन् । यस्तै खोपमा ड्रप आउट भएका बालबालिका बाँके र कपिलवस्तु जिल्लामा धेरै भेटिएका छन् । बाँकेमा ८ सय ५१ र कपिलवस्तुमा ६ सय २६ जना छुटेका बालबालिकाले यसपालि खोप लगाएका छन् । रुपन्देहीमा ३ सय २४, नवलपरासी पश्चिममा दुई सय १६, बर्दियामा एक सय ४९, दाङमा ७२, प्यूठानमा ६७, रोल्पामा १५, गुल्मीमा १३, पाल्पामा ६, अर्घाखाँचीमा ४ जना ड्रपआउट भएका बालबालिकाले खोप लगाएका छन् । रुकुम पूर्वमा भने ड्रपआउट भएका बालबालिका फेला नपरेको मन्त्रालयले जनाएको छ । ‘खोप लगाउने बारेमा अझैं भ्रमहरु समुदायमा छन् । ति भ्रमहरु चिर्दै खोपको व्यापकता जरुरी छ,’ स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले भने–‘अटेरी समुदाय पनि छन् । उनीहरुलाई विशेष फोकस गरेर सचेतनाका कार्यक्रम लैजान जरुरी छ ।’


    अघिल्लो वर्ष लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चिता हुन नसकेपनि यस वर्ष भने लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चिता हुन सफल भएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा भइसकेका छन् । अब प्रदेशलाई पूर्णखोप सुनिश्चिता घोषणा गर्न मात्रै बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८०÷०८१ को प्रगती विवरण सार्वजनिक गर्न पत्रकारहरुसँग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा कपिलवस्तु जिल्ला पूर्णखोप सुनिश्चिता भएसँगै प्रदेशभित्रका सबै जिल्ला पूर्णखोप सुनिश्चिता भएको जानकारी गराइएको छ । १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले खोप लगाएको सुनिश्चिता गरेपछि प्रदेशलाई पूर्णखोप सुनिश्चिता भएको उल्लेख गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका दुई लाख ६२ हजार ८ सय ५६ बालबालिकामध्ये दुई लाख ६० हजार तीन सय ८३ जना बालबालिकाले पूर्णखोप पाएको स्वास्थ्य मन्त्रालयका सचिव डा.बासुदेव उपाध्यायले जानकारी दिए ।


    लुम्बिनी प्रदेशको बाँके जिल्लामा सबैभन्दा धेरै खोप लगाउन छुटेका बालबालिका भेटिएका छन् । बाँके जिल्लामा ८५ जना बालबालिकाले पहिलो पटक खोप लगाएका छन् । दाङमा १२ जना, प्यूठानमा र कपिलवस्तुमा ११, रोल्पा र बर्दियामा ४÷४, अर्घाखाँची, पश्चिम नवलपरासीमा एक÷एक जना छुटेका बालबालिकाले खोप लगाएका छन् । रुकुम पूर्व, गुल्मी, पाल्पा जिल्लामा खोप लगाउन छुटेका बालबालिका भेटिएका छैनन् । 


    यस्तै खोपमा ड्रप आउट भएका बालबालिका बाँके र कपिलवस्तु जिल्लामा धेरै भेटिएका छन् । बाँकेमा ८ सय ५१ र कपिलवस्तुमा ६ सय २६ जना छुटेका बालबालिकाले यसपालि खोप लगाएका छन् । 


    रुपन्देहीमा ३ सय २४, नवलपरासी पश्चिममा दुई सय १६, बर्दियामा एक सय ४९, दाङमा ७२, प्यूठानमा ६७, रोल्पामा १५, गुल्मीमा १३, पाल्पामा ६, अर्घाखाँचीमा ४ जना ड्रपआउट भएका बालबालिकाले खोप लगाएका छन् । रुकुम पूर्वमा भने ड्रपआउट भएका बालबालिका फेला नपरेको मन्त्रालयले जनाएको छ । ‘खोप लगाउने बारेमा अझैं भ्रमहरु समुदायमा छन् । ति भ्रमहरु चिर्दै खोपको व्यापकता जरुरी छ,’ स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले भने–‘अटेरी समुदाय पनि छन् । उनीहरुलाई विशेष फोकस गरेर सचेतनाका कार्यक्रम लैजान जरुरी छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij